१९ जेष्ठ बारा। बारा जिल्लामा मोटरसाइकल दुर्घटना हुदा एक जनाको मृत्यु भएको छ ।
जिल्लाको सिम्रौनगढ नगरपालिका वडा नम्बर ९ स्थित नहरमा भएको मोटरसाइकल दुर्घटनामा परी पचरौता नगरपालिका ३ निवासी २६ वर्षीय प्रदीप साह कलवारको मृत्यु भएको प्रहरीले जनाएको छ...
जेष्ठ १९ वीरगञ्ज । वीरगञ्जमा ब्ल्याक फंगस अर्थात् कालो ढुसीबाट हुने म्युकरमाइकोसिस नामक संक्रमणबाट तीनजनाको मृत्यु भएको छ ।देशमै सुरुमा वीरगन्जमा देखापरेको ब्ल्याक फंगसबाट यहाँ ८ जनामा संक्रमण भेटिएको हो ।
बाँकी पाँच जनालाई थप उपचारका लागि भारत पठाइएको नारायणी...
१९ जेष्ठ काठमाडौं । लुम्बिनी प्रदेशसभाको आठौँ अधिवेशन आजदेखि सुरु हुँदै छ ।
प्रदेश प्रमुख धर्मनाथ यादवले दिउँसो १ बजे बुटवलस्थित प्रदेशसभा भवनमा प्रदेशसभाको बैठक आह्वान गरेका हुन् । यो बजेट अधिवेशन हो । बैठकको सुरुवातमा दलका नेताहरुले धारणा राख्नेछन्...
०२ जेष्ठ सर्लाही । सर्लाहीको बरहथवामा छतबाट लडेर एक महिलाको ज्यान गएको छ । बरहथवा नगरपालिका–५ स्थित शनिबार आफ्नै तीनतले घरको छतबाट लडेर महिलाको ज्यान गएको हो ।
छतमा लुगा सुकाउने क्रममा अचानक छतबाट भुइँमा खस्दा पूर्णबहादुर थापामगरकी ५१ वर्षीय...
०२ जेष्ठ कलैया बारा। कोभिड - १९ को दोस्रो चरणको महामारी बाट सिङ्गो देश नै अक्रान्त भएको परिस्थिति मा बारा जिल्ला पनि अछुतो नभएकोले आज कलैयाको पाँच ठाउँमा मास्क बैंकको स्थापना गरीएको छ।
नहुनेले लिएर जानुस, हुनेले दिएर जानुस नाराको...
२ जेष्ठ रौतहट। कोरोना भाइरसको दोस्रो लहर सुरु भए संगै रौतहटमा दिनानुदिन संक्रमितको संख्या बढ्दै गएका छन्। जिल्ला अस्पताल गौरमा करोडौंको बजेट आएता पनि चाहिने आईसियु भेन्डिलेटर एचडियु संचालनमा नल्याई अस्पतालका बाहिरी दृश्य चम्काउने र तलब भत्तामा खर्च हुने...
अमित ठाकुर।रौतहट। कोरोनाको दोस्रो लहर सुरु भए संगै रौतहटमा थप ३ जना संक्रमितको मृत्यु भएको हो। रौतहटमा दिनानुदिन संक्रमितको मृत्यु दर बढीरहेको देखिएको हो। गएराती कटहरी नगरपालिका वडा नंबर ९ मा अस्थायी कोभिड अस्पतालमा उपचारत एक पुरुषको मृत्यु भएको...
२५ बैशाख ।अखिलेश कुमार यादव । स्वास्थ्य प्रयोजन बाहेक अन्य प्रयोजनमा प्रयोग गर्ने उदेश्यले स्टक गरि राखेको वर्कसप, मोटर ग्यारेज, मेटल उद्यो र ग्यास वेल्डिङ गर्ने ठाउँ लगायतबाट संकलन गरेर रौतहट प्रहरीले ४३ वटा अक्सिजन सिलिन्डर नियन्त्रणमा लिएको छ...
२५ बैशाख जनकपुरधाम- धनुषाको एक स्थानीय तहका प्रमुखले कोरोना संक्रमितहरुलाई ओसारपसार गर्न अफू चढ्ने गाडीलाई एम्बुलेन्स बनाउने घोषणा गरेका छन्।
धनुषाको सहिदनगर नगरपालिकाका प्रमुख उदय बरबरियाले आफू चढ्दै आएको गाडीलाई एम्बुलेन्सको रुपमा प्रयोग गर्ने घोषणा गरेका हुन्।
कोरोना संक्रमणको दोस्रो लहर...
रौतहट।बैशाख २५। कोरोनाको दोस्रो लहरमा दिनप्रतिदिन संक्रमितको मृत्यु तथा संक्रमन फैलिदा रौतहटमा निषेधाज्ञा जारी गरिएको हो।रौतहटमा कोरोनाको दोस्रो र तेस्रो लहरमा २५३ जना संक्रमित र ११ जनाले ज्यान गुमाई सकेका प्रमुख जिल्ला अधिकारी ईन्द्र देव यादवले जनाएको हो।
रौतहटमा दिनानुदिन...














