०२ जेष्ठ कलैया बारा। कोभिड – १९ को दोस्रो चरणको महामारी बाट सिङ्गो देश नै अक्रान्त भएको परिस्थिति मा बारा जिल्ला पनि अछुतो नभएकोले आज कलैयाको पाँच ठाउँमा मास्क बैंकको स्थापना गरीएको छ।
नहुनेले लिएर जानुस, हुनेले दिएर जानुस नाराको साथमा कलैयाको गुप्ता पेट्रोल पम्प नजिक निबर्तमान समानुपातिक प्रदेश सभा सदस्य मान्निय महम्मद समिरले उद्धघाटन गरी सँचालन गर्नु भएको छ।
उद्धघाटन गर्दै निबर्तमान प्रदेश सभासद समिरले कोभिडको महामारीबाट बच्न सबैलाई अनिवार्य मास्क प्रयोग गर्नु पर्ने भएकाले कतिपय जन्ताले मास्क खरिद गर्न नसक्ने अवस्था रहेको छ भनि जिल्ला प्रहरी कार्यालय बाराले मास्क कार्वाहीको तथ्यांकबाट जानकारी प्राप्त हुन्छ। त्यसैले सम्पुर्ण सर्बसाधरणलाई मास्कको पहुँच होस भनि उद्देश्यले यस बैंकको स्थापना गरिएको हो भनि जानकारी दिनुभएको छ।
कलैयाको गुप्ता पेट्रोल पम्प, सिदार्थ स्विट अगाडी, केसर स्बिट अगाडि, नेपाल टेलिकम अगाडि र कलैया उपमहानगरपालिका वडा नं १४ बघवनमा मास्क बैंक स्थापना गरीएको जानकारी भ्वाईस अफ बाराको अध्यक्ष तथा यस कार्यक्रमको अध्यक्ष महम्मद शाहिद रजाले जानकारी दिनुभएको छ।
भ्वाईस अफ बाराको आयोजनामा तथा ल्यान्स क्लब अफ कलैया, बारा उधोग बाणिज्य संघ कलैया बारा, मरवाडि सेवा समिति कलैया बारा र जिवन ज्योति बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सहयोग मा मास्क सँचालन भएको जानकारी समेत भ्वाईस अफ बाराका अध्यक्ष रजाले जानकारी दिनुभएको छ।
मास्क बैंकको स्थापना भ्वाईस अफ बाराको अध्यक्ष महम्मद शाहिद रजाको अध्यक्षतामा सम्पन्न भएको छ। भने भ्वाईस अफ बाराको सचिव अमित गुप्ता , भ्वाईस अफ बाराको सदस्य सँदिप केसरी, ल्यान्स क्लब अफ कलैयाको अध्यक्ष दिलिप चौधरी, मरवाडि सेवा समिति कलैया बाराको महासचिव भरत अग्रवाल, मरवाडि सेवा समिति कलैया बाराको सदस्य मनोज कुमार पोद्धार, जिवन ज्योति बचत तथा ऋण सहकारी संस्था लिमिटेडको कोषाध्यक्ष नबिन अग्रवाल , बारा उद्योग वाणिज्य संघ कलैया बाराको अध्यक्ष राजकुमार साह तेलि , लगायतको उपस्थितमा मास्क बैंकको स्थापना गरिएको छ।








