काठमाडौं ।
इरान युद्ध अमेरिकाका लागि महंगो सावित हुँदै गएको छ । अमेरिकी मिडिया रिपोट्र्सका अनुसार, गत महिना युद्धको छ दिनपछि पेन्टागनले अमेरिकी सांसदहरूलाई युद्धमा अहिलेसम्म ११.३ अर्ब डलर खर्च भइसकेको बताएको थियो ।युद्धमा सयकडौं टमहक मिसाइलहरू प्रयोग भएका र प्रति टमहक मिसाइलको मूल्य करिब ३५ लाख डलर रहेको रिपोर्टहरूमा उल्लखे गरिएको बीबीसीले जनाएको छ ।युद्ध लम्बिँदै जाँदा अमेरिकाका लागि दैनिक खर्च अलग–अलग रहेको समाचारमा उल्लेख छ । अमेरिकी अधिकारीहरूले खर्चमा कमी आइरहेको दाबी गरेका छन् ।तर, विशेषज्ञहरूले युद्धमा अहिले पनि हरेक दिन झण्डै ३८५ मिलियन डलर खर्च भइरहेको अनुमान गरेका छन् ।







