रौतहट,गौर ।
ट्रयाक्टर दुर्घटना हुँदा चालकको मृत्यु , प्रहरीले छानविन गरे सुरु रौतहटको गढीमाई नगरपालिकामा ट्रयाक्टर दुर्घटना हुँदा चालकको घटना स्थलमै मृत्यु भएको । नगरपालिकाको वडा नं ७ मा ना ६ त ९६८६ नम्बरको ट्रयाक्टर दुर्घटना हुँदा चालकको घटना स्थलमै मृत्यु भएको प्रत्यक्षदर्शीहरुले बताएका छन् । सो दुर्घटनामा मृत्यु भएका चालको पहिचान हाल सम्म खुल्ला नसकेको स्रोतले जनाएको छ। घटनाको थप विवरण संकलनको कार्य भइ रहेको जिल्ला प्रहरी कार्यालय रौतहटका सुचना अधिकारी विष्णु प्रदिप बस्यालले बताएका छन् ।






