काठमाण्डौं, ४ फागुन ।
प्रतिनिधिसभाको बुधबारको बैठकमा पनि प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)ले अवरोध कायमै राखेको छ । प्रतिनिधिसभा बैठकमा प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)ले नाराबाजीसहित अवरोध कायमै राखेको हो । एमालेको अवरोधकाबीच सुरु भएको संसद बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाको...
४ फागुन, काठमाडौं । अमेरिकी सहयोग परियोजना एमसीसी सम्झौता संसदमा पेश हुन लागेको विरोधमा प्रदर्शन गर्नेहरुलाई प्रहरीले सडकमै लछारपछार गरेको छ । निषेधित क्षेत्र तोड्न खोजेको भन्दै प्रहरीले प्रदर्शनकारीलाई पछारपछार गरेको हो ।
काठमाडौं प्रहरी प्रमुख एसएसपी सुदिप गिरीले १३७...
४ फागुन, काठमाडौं । अमेरिकी सहयोग परियोजना एमसीसी संसदमा पेश गर्न लागेको विरोधमा प्रदर्शनमा उत्रिएका १३७ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
काठमाडौंको नयाँ बानेश्वर, माइतीघर लगायतको स्थानबाट उनीहरुलाई पक्राउ गरिएको काठमाडौं प्रहरी प्रमुख एसएसपी सुदिप गिरीले अनलाइनखबरलाई बताए । पक्राउ...
काठमाडौं । एमसीसीको विरोधमा भएको प्रदर्शनमा झडप हुँदा केही प्रदर्शनकारी घाइते भएका छन् । बानेश्वरमा प्रदर्शनका क्रममा भएको झडपमा माओवादी केन्द्र निकट अनेरास्ववियु क्रान्तिकारीका विद्यार्थीहरु घाइते भएका हुन् । विप्लव खड्का, सञ्जु राई, दिपक विष्ट, सुदर्शन मिश्र लगायत रहेका...
४ फागुन, काठमाडौं । काठमाडौंको नयाँबानेश्वर क्षेत्रमा एमसीसीको विरोधमा प्रदर्शनमा उत्रिएका र प्रहरीबीच झडप भएको छ । अहिले बानेश्वर क्षेत्रमा तनावको स्थिति छ ।
झडपमा वाईसीएल संयोजक सुमन देवकोटा घाइते भएका छन् । प्रहरीले केही प्रदर्शनकारीलाई नियन्त्रणमा लिएर भ्यानमा कोचेको...
४ फागुन, काठमाडौं । अमेरिकी सहयोग परियोजना एमसीसीको विरोधमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) पनि सडकमा उत्रिएको छ । राप्रपाका कार्यकर्ताहरु जुलुससहित नयाँबानेश्वरतर्फ अघि बढेका छन् ।
माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी), नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपा, मोहन वैद्य नेतृत्वको नेकपा...
४ फागुन, काठमाडौं । आगामी स्थानीय तहको चुनावमा उम्मेदवारहरूले १३ दिन मात्रै चुनावी प्रचार गर्न पाउने भएका छन् ।
निर्वाचन आयोगले तय गरेको कार्यतालिका अनुसार वैशाख ९ वा १० गते उम्मेदवारी दर्ता हुनेछ । र दावी विरोध लगायत कार्य सकेर...
४ फागुन, काठमाडौं । सभामुख अग्नि सापकोटाले आजको संसद बैठकको कार्यसूचीमा एमसीसी नराख्ने निर्णय सुनाएका छन् । दलहरुबीच सहमति नजुटेको भन्दै सभामुखले एमसीसीलाई कार्यसूचीमा नराख्ने निर्णय सुनाएका हुन् ।
संसद सचिवालयका अनुसार प्रतिनिधि सभाको बैठक बसे पनि एमसीसी भने टेबल...
समयभित्र खोप लगाउन नसक्दा झन्डै ५७ हजार कोरोना खोप खेर गएको भेटिएको छ।
हराएको खोप छानबिन गर्न गठित समितिले पेस गरेको प्रतिवेदनमा ५६ हजार ९०८ वटा खोप म्याद गुज्रिएर प्रयोग गर्न नमिल्ने रहेको उल्लेख छ।
खेर गएको खोपमध्ये सबभन्दा बढी मोडर्ना खोप...
सत्तारूढ दल जनता समाजवादी पार्टी (जसपा) ले एमसिसीबारे माओवादी र समाजवादी स्पष्ट नभएसम्म आफूहरू केही नबोल्ने बताएको छ।
‘सत्ता गठबन्धन भित्रै फरक धार आउँछ भने हामी यसबारे अहिले निर्णय गर्न सक्दैनौं, जसपा नेता मोहम्मद ईस्तियाक राईले भने,‘ सबैभन्दा पहिले माओवादी...














