४ फागुन, काठमाडौं । अमेरिकी सहयोग परियोजना एमसीसी सम्झौता संसदमा पेश हुन लागेको विरोधमा प्रदर्शन गर्नेहरुलाई प्रहरीले सडकमै लछारपछार गरेको छ । निषेधित क्षेत्र तोड्न खोजेको भन्दै प्रहरीले प्रदर्शनकारीलाई पछारपछार गरेको हो ।

काठमाडौं प्रहरी प्रमुख एसएसपी सुदिप गिरीले १३७ प्रदर्शनकारीलाई पक्राउ गरिएको अनलाइनखबरलाई बताए । प्रहरीलाई ढुंगा हान्न थालेपछि उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

एमसीसीको विरोधमा रहेका विभिन्न राजनीतिक दलले संघीय संसद भवन नयाँ बानेश्वर वरपर प्रदर्शनलाई केन्द्रित गरेका छन् ।

माइतीघरदेखि नारा जुलुससहित संघीय संसद भवनतर्फ आएका एमसीसी विरोधी प्रदर्शनकारीलाई प्रहरीले संघीय संसद भवनभन्दा २०० मिटर पश्चिम एभरेस्ट होटल नजिक रोकेको छ । तर उनीहरुले निषेधित क्षेत्र तोडेर संसद भवनतर्फ आउन खोजेपछि प्रहरीसँग झडप भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here