सत्तारूढ दल जनता समाजवादी पार्टी (जसपा) ले एमसिसीबारे माओवादी र समाजवादी स्पष्ट नभएसम्म आफूहरू केही नबोल्ने बताएको छ।

‘सत्ता गठबन्धन भित्रै फरक धार आउँछ भने हामी यसबारे अहिले निर्णय गर्न सक्दैनौं, जसपा नेता मोहम्मद ईस्तियाक राईले भने,‘ सबैभन्दा पहिले माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीको धारणा स्पष्ट हुनुपर्‍यो।’

सत्तारूढ ठूलो दल नेपाली कांग्रेस एमसिसी टेबल गर्ने पक्षमा छ भने नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी पार्टी संशोधन बिना यथास्थितिमा टेबल गर्न नहुने पक्षमा छन्।

यसैबीच आजै बसेको माओवादी केन्द्र संसदीय दलको बैठकले यथास्थितिमा एमसिसी पास नहुने भन्दै जबरजस्ती गरिए गठबन्धन तोड्नेसमेत निष्कर्ष निकालेको छ।

संसदीय दलको बैठक सकेर माओवादी अध्यक्ष प्रचण्ड प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न बालुवाटार पुगेका छन्। यस्तै आज बस्ने संसद बैठकको कार्यसूची तय गर्न कार्यव्यवस्था समितिको बैठक बसिरहेको छ।

एमालेले भने कार्यव्यवस्था समितिको बैठक बहिष्कार गर्नुका साथै प्रतिनिधि सभा बैठक पनि अवरोध गर्ने भनेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here