भरतपुर, २६ साउन (रासस) |
चितवनको इच्छाकामना गाउँपालिकामा रहेको नागरिक आरोग्य सेवा केन्द्रले नागरिकको घरमै पुगेर निःशुल्क आयुर्वेदिक सेवा प्रदान गरिरहेको छ । भौगोलिकरूपमा विकट रहेको गाउँपालिकाको विभिन्न वडामा पुगेर केन्द्रले आयुर्वेदिक सेवा प्रदान गरिरहेको हो । यस केन्द्रबाट आर्थिक...
काठमाडौँ,२२,साउन (रासस) |
सातायता प्रकोपका रूपमा फैलिँदै गएको आँखा पाक्ने रोगले महामारीको रूप लिन सक्ने जोखिम बढेको छ । यसबाट सबै उमेर समूहका संक्रमित भइरहेका छन् । आँखाको सेतो भाग सुन्निने र रातो हुने यो रोगलाई ‘एडिनो भाइरल कन्जंग्टिवाइटिस’ भनिन्छ । यसको संक्रमणले...
भरतपुर,२२,साउन,(रासस) ।
आँखा पाक्ने सङ्क्रमण फैलिएपछि यहाँको भरतपुर आँखा अस्पताल र यस अन्तर्गतका सेकेण्डरी अस्पताल एवं आँखा उपचार केन्द्रमा बिरामीको सङ्ख्या झण्डै दोब्बर बढेको छ । बिरामी बढेसँगै जनशक्ति व्यवस्थापन र औषधिको आपूर्तिमा कठिनाइ हुने देखिएको छ । चितवन र...
भरतपुर, ९ साउन (रासस) |
चितवनको भरतपुर महानगरपालिकाले महानगरभित्र रहेका ठूला अस्पतालको क्यान्टिनमा अनुगमन गरेको छ । अनुगमन क्रममा अधिकांश क्यान्टिनमा सरसफाइको अभाव देखिएको छ । भरतपुर–१० का वडाध्यक्ष परमेश्वर खनालका अनुसार वडाध्यक्ष, महानगरको बजार अनुगमन समिति सदस्य, जनपथ प्रहरी,...
जुम्ला, ९ साउन (रासस) |
जुम्लाको आठवटै स्थानीय तहका करिब १२ हजारभन्दा बढी पशु ‘लम्पी स्किन’ रोगबाट सङ्क्रमित भएका छन् । जिल्लाभर प्रकोपको रूपमा फैलिइरहेको रोगले १२ हजार पाँच सय गाईभैँसी, गोरु, बाछाबाछी सङ्क्रमित भएको पशु अस्पताल तथा पशु सेवा...
दमौली, ९ साउन (रासस) |
तनहुँको सदरमुकाम दमौली बजारमा सञ्चालित अधिकांश औषधि पसलमा अनुमतिपत्र (लाइसेन्स) प्राप्त व्यक्ति नबसेको भेटिएको छ । व्यास नगरपालिकाको सक्रियतामा सोमबार गरिएको अनुगमनका क्रममा अधिकांश त्यस्ता पसलमा असम्बन्धित व्यक्ति भेटिएको हो । प्रमुख प्रशासकीय अधिकृत गङ्गालाल...
चितवन, ४ साउन (रासस) |
चितवनमा डेङ्गुबाट दुई हजार तीन सय छ जना सङ्क्रमित भएका छन् । आर्थिक वर्ष २०७९÷८० मा जिल्लामा डेङ्गुबाट चार जनाको मृत्यु भएको छ । जिल्ला स्वास्थ्य कार्यालयका सूचना अधिकारी राम केसीका अनुसार गत आवमा जिल्लाका...
रुकुम (पश्चिम), २ साउन (रासस) |
रुकुम पश्चिमको चौरजहारी नगरपालिकामा पहिलो पटक ब्लड बैंक सञ्चालनमा आएको छ । नेपाल रेडक्रस सोसाइटी चौरजहारी शाखाको पहल र चौरजहारी नगरपालिकाको लगानीमा वडा नं १ मा ब्लड बैंक सञ्चालनमा आएको हो । दुई वर्ष...
ताप्लेजुङ, २९ असार (रासस) |
आठराई त्रिवेणी गाउँपालिकाले गाउँका सुत्केरीलाई पोषणयुक्त खानेकुरा वितरण गर्न थालेको छ । आमा र बच्चाको स्वास्थ्य सुरक्षालाई ध्यानमा राख्दै स्वास्थ्य परामर्शसहित पोषणयुक्त खानेकुराको प्याकेज वितरण गर्न थालिएको गाउँपालिकाले जनाएको छ । सुत्केरी र बच्चाको स्वास्थ्य...
झापा, २९ असार (रासस) |
मेचीनगर नगरपालिकाका गम्भीर प्रकृतिको रोगका एक सय ५९ बिरामीले चालु आर्थिक वर्षमा रु एक लाखका दरले उपचार सुविधा पाएका छन् । नगरपालिकाले क्यान्सर, मुटु, मिर्गाैला, मस्तिष्कघात लगायतका रोग लागेका बिरामीलाई दिएको सिफारिसका आधारमा सरकारद्वारा तोकिएका...














