भदौ १५, २०७८

काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवाले काठमाडौंमा फोहर थुप्रिएकाले जतिसक्दो छिटो आवश्यक व्यवस्थापन गरेर उठाउने प्रबन्ध गर्न काठमाडौं महानगरपालिकाका प्रमुख र उपप्रमुखलाई निर्देशन दिएका छन्।

देउवाले सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्य र उपप्रमुख हरिप्रभा खड्गीलाई बोलाएर तत्काल फोहर उठाउने आवश्यक प्रबन्ध गर्न निर्देशन दिएका हुन्।  प्रधानमन्त्री देउवाले त्यसमा नेपाल सरकारको तर्फबाट पूर्ण सहयोग हुने बताए।

सम्बन्धित अन्य सरकारी निकायबाट पनि समन्वय हुने भन्दै उनले काठमाडौँको फोहर उठाउने व्यवस्था गर्न निर्देशन दिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here