काभ्रेपलाञ्चोक, ८ साउन
बनेपा नगरपालिका–७ उग्रेश्वरबाट प्रहरीले यही साउन १ गते लागुऔषध बोकेर हिँडेका २५ वर्षीय कान्छामान तामाङलाई प्रहरीले पक्राउ गर्यो । सुराकका आधारमा पक्रिएका तेमाल गाउँपालिका–७ का तामाङको साथबाट प्रहरीले एक सय ५७ ट्याब्लेट नाइट्राभेट नामक प्रतिबन्धित लागुऔषध...
भजनी (कैलाली), ८ साउन
भजनी नगरपालिका–८ का ओम पाण्डेले यस वर्ष एक बिघा क्षेत्रफलमा चैतधान लगाउनुभएको थियो । विगत वर्षमा राम्रो उत्पादन दिएपछि उहाँले छ कट्ठामा लगाउँदै आएको चैतेधानको खेती विस्तार गर्नुभएको थियो । धानखेती विस्तार गर्नुभएका पाण्डेले यस...
म्याग्दी, ७ साउन
म्याग्दीको उत्तरी क्षेत्र हुँदै हिमाली जिल्ला मुस्ताङस्थित चीनको सिमाना कोरलानाका जोड्ने बेनी–जोमसोम सडकको म्याग्दी खण्ड पहिराले यातायात प्रभावित बनाएको छ । स्तरोन्नतिका क्रममा रहेको बेनीबाट मुस्ताङ लेतेसम्मको खण्डमा रहेका पहिरो, कटान र बाढीका कारण यातायात प्रभावित...
बेनी (म्याग्दी) ८ साउन
म्याग्दीमा गण्डकी प्रदेश सरकारमार्फत सञ्चालन भएका आयोजनाबाट आठ किलोमिटर बढी सडक कालोपत्र भएको छ । आर्थिक वर्ष २०८०/८१ मा पूर्वाधार विकास कार्यालय म्याग्दीले सञ्चालन गरेका सडक योजनामार्फत करिव आठ किमी सडक कालोपत्र र चार किमी...
काठमाडौँ, ४ साउन
उच्च अदालत पाटनले क्रिकेटर सन्दीप लामिछानेविरुद्धको बलात्कार मुद्दामा फैसलाको पूर्णपाठ सार्वजनिक गर्दै आधार र प्रमाण नपुग्दा सफाइ हुने ठहर गरेको छ । न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र अन्जु उप्रेती ढकालको संयुक्त इजलासले गत जेठ २ गते गरेको...
काठमाडौँ, ४ साउन
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले कृषिप्रधान देशमा सिँचाइको अभाव हुन दिन नहुने बताउनुभएको छ । सिँचाइ विभागले नवनियुक्त मन्त्री खड्काको स्वागतमा आज आयोजना गरेको ‘बधाई तथा सम्मान’ कार्यक्रममा मन्त्री खड्काले सिँचाइको उचित व्यवस्थापन गरेर कृषि...
काठमाडौँ, ४ साउन
नेपाल सरकारले बङ्गलादेशमा विकसित पछिल्लो घटनाक्रममा तत्कालै थप कुनै सहयोग आवश्यक परेमा त्यहाँ रहेका नेपालीलाई ढाकास्थित नेपाली राजदूतावासमा सम्पर्क गर्न आग्रह गरेको छ । परराष्ट्र मन्त्रालयले आज विज्ञप्तिमार्फत तत्कालै थप कुनै सहयोग आवश्यक परेमा नेपाली विद्यार्थी...
कञ्चनपुर, ४ साउन
डिभिजन वन कार्यालय कञ्चनपुरले सडकको सौन्दर्यता बढाउने बहुवर्षीय बिरुवा वितरणकार्य शुरु गरेको छ । सडकको सौन्दर्यता बढाउने ज्याकराण्डा, ढाँक, पारिजात, धुपिसल्ला, गोल्डमोहर प्रजातीका रातो, पहेलो, निलो फुल फुल्ने गुणस्तरीय बहुवर्षीय बिरुवा वितरणको कार्य शुरु गरेको हो...
गुलरिया (बर्दिया), ४ साउन
पश्चिम तराईको पर्यटकीय गन्तव्य बर्दिया राष्ट्रिय निकुञ्जमा आउने पर्यटकको सङ्ख्या बढेको छ । निकुञ्जमा बाघ, घडियाल, विभिन्न प्रजापतका चराचुरुङ्गीलगायत जैविकविविधता हेर्न आउने पर्यटकको चहलपहल बढेको हो । कोभिडपछि थलिएको यहाँको पर्यटन व्यावसाय पछिल्ला वर्षयतादेखि केही...
काठमाडौँ, ४ भदौ
राष्ट्रियसभाका सांसदहरूले सडक दुर्घटनाका कारण बर्सेनि ठूलो सङ्ख्यामा नागरिकले ज्यान गुमाएकामा चिन्ता व्यक्त गर्दै सडक यात्रालाई सुरक्षित बनाउन विलम्ब गर्न नहुने बताउनुभएको छ । सभाको आजको बैठकको ‘प्रादेशिक सरोकार’ समयमा उहाँहरूले सडक दुर्घटना न्यूनीकरणका लागि नयाँ योजना...














