काठमाडौँ, ४ साउन
राष्ट्रियसभामा ‘थारु आयोगको पाँचौँ वार्षिक प्रतिवेदन, २०७९÷०८०’ पेस भएको छ । सभाको आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट भौतिक पूर्वाधार तथा यातयात मन्त्री देवेन्द्र दाहालले उक्त प्रतिवेदन पेस गर्नुभयो । बैठकमा राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रपतिको...
बैतडी, ४ साउन
जिल्लाको पाटनमा महिला सुरक्षित आवास गृह(सेफ हाउस)को आफ्नै भवन निर्माण गरिएको छ । गत आर्थिक वर्षमा सङ्घीय सरकारले पाटन नगरपालिकामार्फत सेफ हाउसको भवन निर्माण गर्न रु ८० लाख बजेट विनियोजन गरेको थियो । ठेक्का प्रक्रियामार्फत धर्मदेव...
काठमाडौँ, ४ साउन
विसं २०८० वैशाख १ मा प्रदर्शन भएको चलचित्र ‘बुलाकी’ यही साउन ३२ गतेदेखि पुनःप्रदर्शन हुने भएको छ । तात्कालिन समयमा चलचित्र भवनले शो बाँडफाँडमा विभेद गरेको भन्दै निर्माता विराज विष्टले चलचित्रको प्रदर्शन रोक्नुभएको थियो । नेपाल...
रसुवा, ४ साउन
लाङ्टाङ राष्ट्रिय निकुञ्ज क्षेत्रमा अवस्थित गोसाइँकुण्ड तथा लाङ्टाङ क्षेत्र अवलोकनका लागि गत आर्थिक वर्षमा चौध हजार भन्दाबढी महिला पैदयात्रीले भ्रमण गरेका छन् । बाह्य मुलुकका महिला हिमाली प्राकृतिक छटाको अवलोकन गर्न र आन्तरिक महिला हिमाली उच्च...
ढोरपाटन (बागलुङ), ४ साउन
वर्षाले बाटो बन्द हुँदा बागलुङमा सञ्चालित घरबास (होमस्टे) सुनसान बनेका छन् । असार दोस्रो सातापछिको निरन्तर वर्षाका कारण ग्रामीण सडक अवरुद्ध भएसँगै घरबासमा पाहुनको आगमन नहुँदा सुनसान बनेका हुन् । हिउँदको समयमा बढी चहलपहल हुने...
काठमाडौँ, ४ साउन
एसिसी महिला एसिया कप क्रिकेट प्रतियोगितामा नेपालले संयुक्त अरब इमिरेट्स (युएई) विरुद्धको खेलमा टस जितेको छ । श्रीलङ्काको ‘दाम्बुल्ला इन्टरनेशनल स्टेडियम’मा भएको खेलमा नेपालका कप्तान इन्दु वर्माले टस जितेर पहिला फिल्डिङको गर्ने निर्णय लिएकी छिन् ।...
काठमाडौँ, ४ साउन
नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले वरिष्ठ पर्यटन व्यवसायी तथा द्वारिकाज होटल एवं रिसोर्टका सञ्चालक अम्बिका श्रेष्ठको निधनप्रति दुःख व्यक्त गर्नुभएको छ । उहाँको ९२ वर्षको उमेरमा उपचारका क्रममा यही साउन ३ गते निधन भएको...
दोधारा चाँदनी (कञ्चनपुर), ४ साउन
कञ्चनपुरमा गत असार तेस्रो साता आएको बाढी र डुबानले परेको प्रभाव र प्रभावितको अवस्था बुझ्न राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको टोली स्थलग अध्ययन गर्न कञ्चनपुर आइपुगेको छ । प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेल...
गलेश्वर (म्याग्दी), ४ साउन
गत असार २७ गते रातिदेखि खस्न थालेको पहिरोका कारण बेनी–दरबाङ सडक आठ दिनदेखि अवरुद्ध बनेको छ । उक्त खण्डको तातोपानीमा गएको पहिरोका कारण यातायात सञ्चालन नहुँदा पश्चिम म्याग्दीका सयौँ नागरिकले दैनिक यात्रामा सास्ती भोग्दै आएका छन्...
दमौली (तनहुँ), ४ साउन
पहाडको खोंच, जङ्गलै जङ्गले घेरिएको ठाउँ । हरियाली मनमोहक ठाउँ । अग्लो डाँडाबाट ढुङ्गामा ठोक्किँदै झरेको पानी । डाँडाबाट खस्दा आउने आवाजले तनहुँको व्यास नगरपालिका–१४ छाब्दी नजिक रहेको छाङ्गा बाराही झरनाले यहाँ पुग्ने सबैलाई लोभ्याउँछ...














