काठमाडौं,८,पुस  ।

नेपाल कांग्रेसका महामन्त्री गगन थापाले पार्टीको प्रयोजन निर्वाचनका लागि मात्रै नहुने बताएका छन् । चुनावबाट सिट प्राप्त गर्ने मात्रै उद्देश्य पार्टीको हुन नहुने थापाले बताए ।पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको शताब्दी जन्मदिवसको अवसरमा कांग्रेसले गरेको कार्यक्रममा महामन्त्री थापाले सिंगो पार्टी पङ्ति कि पार्टीभित्रको निर्वाचन कि पार्टीले लड्नुपर्ने निर्वाचनमा लागिरहेको बताए । ‘हाम्रो ओरियन्टेसन नै त्यसको लागि मात्रै हुँदै गर्दा त्यसले समस्याहरु ल्याएको हो कि,’ महामन्त्री थापाले भने ।पार्टीको भद्दा संरचना भएर मात्रै पनि चुनाव जितिने अवस्था नहुने २०४८ सालको निर्वाचनले पुष्टि गरेको उनले सुनाए । २०४८ सालमा सबैभन्दा बढी मत ३९ प्रतिशत मत कांग्रेसले पाएको उल्लेख गर्दै थापाले त्यसबेला महिला संघ, तरुण दल, प्राध्यापक संघ, दलित संघ, शिक्षक संघ नभएर पनि बहुमत ल्याएको बताए ।संस्थापक नेताहरुको कुरा हुँदै गर्दा कांग्रेसले बाटो छोडेको टिप्पणी हुने गरेको उनले बताए । कांग्रेसमा बीपी, किसुन जी, गणेशमानको बाटो छोड्यो भनेर तुरुन्त निष्कर्ष निकाल्ने बानी रहेको थापाले बताए ।‘हामीले समीक्षा गर्नुपर्ने थुप्रै विषयहरु छ,’ महामन्त्री थापाले भने,‘तर, एउटा सरकारले सामान्य गरेको, गर्नुपर्ने नीजिकरणको कुरालाई पनि बीपीको समाजवाद छोड्यो, बीपीको समाजवाद छोड्यो भनेर कहिलेकाही रोइलो लगाइरहेका हुन्छौं ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here