चितवन, ८ साउन
चीन सरकारको सहयोगमा यहाँ निर्माण भएको बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल सञ्चालनकालदेखि चिनियाँ चिकित्सकले सेवा प्रवाह गर्दै आएका छन् । अस्पतालका पूर्वकार्यकारी निर्देशक डा देजकुमार गौतम सन् २००५ देखि चिनियाँ चिकित्सक टोली यहाँ आउन थालेको बताउनुहुन्छ ।...
वीरगञ्ज (पर्सा), ८ साउन
सङ्घीय सरकारमातहत रहेका पर्साका सरकारी कार्यालयले गत आर्थिक वर्ष २०८०/८१ मा रु एक अर्ब ८६ करोड ८६ लाख ९९ हजार दुई सय १७ रकम पुँजीगत खर्च गरेका छन् । कोष तथा लेखा नियन्त्रक कार्यालयका अनुसार...
गण्डकी, ८ साउन
नौ वर्षपछि हनुमान नाच सुरु हुन लागेको थाहा पाएपछि सोमबार हामी बागलुङ बजारको नारायणचोक पुग्यौँ । सूर्यास्तको समय भइसकेको थियो । घामका पहेँला किरणले नारायणचोक सुनौलो र मनमोहक देखिन्थ्यो । पुरानो लक्ष्मीनारायण मन्दिर, छेवैमा वरपिपल चौतारी,...
चितवन, ८ साउन
भरतपुर महानगरपालिका–२९ स्थित नारायणगढ–मुग्लिङ सडकखण्डको सिमलतालमा पहिरासँगै बगेर त्रिशूलीमा खसेका दुईवटा बस तथा यात्रुको आज १२औँ दिन पनि खोजी जारी छ । घटनास्थल सिमलतालबाट घुमाउने हुँदै केदाबारीसम्म शङ्कास्पद वस्तु देखिएपछि दोहोर्याएर खोजतलास गर्न लागिएको हो ।...
जानकी (बाँके), ८ साउन
वन्यजन्तुका लागि बाँकेका सामुदायिक वनमा पोखरी निर्माण गरिएको छ । राप्तीसोनारी गाउँपालिका–८ ओभरीस्थित भगवती सामुदायिक वनमा पाँच लाखको लागतमा पोखरी निर्माण गरिएको सामुदायिक वनका अध्यक्ष टीकाराम वलीले जानकारी दिनुभयो । उहाँले पोखरीमा शम्शेरबजारमा राखिएका खानेपानी...
सिमकोट (हुम्ला), ८ साउन
जिल्लाको खार्पुनाथ गाउँपालिका–२ थालीगाउँ स्थित शङ्कर माध्यामिक विद्यालयको व्यवस्थापन समितिले गाउँमै रहेको आधारभूत स्वास्थ्य केन्द्र (बर्थिङ सेन्टर) मा तालाबन्दी गरिदिएको छ । दुईकोठे ‘बर्थिङ सेन्टर’को भवन बनाउने ठेकेदारले समितिलाई रु छ लाख ५० हजार भुक्तानी...
झापा, ८ साउन
पूर्वीनाका काँकडभिट्टाबाट कोदोको आयात अघिल्लो वर्षका तुलनामा वृद्धि भएको छ । प्लान्ट क्वारेन्टिन कार्यालय काँकडभिट्टाका सूचना अधिकारी चन्द्रकिशोर ठाकुरले २०८०/८१ मा रु ८५ करोड ४२ लाख ५६ हजार मूल्य बराबरको १७ हजार सात सय ९७ मेट्रिक...
काठमाडौँ, ८ साउन
नेपाल प्रहरीका जनपदतर्फका प्रहरी नायब महानिरीक्षक (डिआइजी) रामदत्त जोशीलाई प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) पदमा बढुवाका लागि सिफारिस गरिएको छ । गृह मन्त्रालय बढुवा समितिकोे सोमबार बसेको बैठकले डिआइजी जोशीलाई एआइजीमा बढुवाका लागि सिफारिस गरेको हो ।...
ढोरपाटन (बागलुङ), ८ साउन
अविरल वर्षका कारण राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी करिडोर अवरुद्ध भएको छ । सोमबार साँझदेखि परेको वर्षाले करिडोरको बागलुङ नगरपालिका–१० दब्ल्याङमा पहिरो खस्दा आवागमन अवरुद्ध भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख सुमन निउरेले जानकारी दिनुभयो ।...
बागमती, ८ साउन
सवारी दुर्घटना कम गर्न बागमती प्रदेशका जिल्लाहरूमा विशेष अभियान चलाएको ट्राफिक प्रहरीले आर्थिक २०८०/८१ मा रु १७ करोड ७८ लाख १७ हजार राजस्व सङ्कलन गरेको छ । उपत्यकाका तीन जिल्लाबाहेक बागमतीका १० जिल्लामा ट्राफिक प्रहरीले सञ्चालन...













