उपेन्द्र न्याैपाने ।
सिञ्जा ३१ बैशाख । कर्णाली प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालय र मध्यपश्चिम विश्वविद्यालयबीच समझदारी पत्रमा हस्ताक्षर भएको छ ।
विश्वविद्यालयका उपकुलपति प्रा.डा.नन्दबहादुर सिंहले आवश्यक मापदण्ड बनाएर विपन्न र प्रतिभावान् विद्यार्थीलाई छात्रवृति प्रदान गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो...
वीरगन्ज, ३१ बैशाख । वीरगन्जस्थित नारायणी अस्पतालबाट भागेका दुई जना कोरोना संक्रमितमध्ये एकजना अस्पतालको सम्पर्कमा आएका छन् ।
एकजना संक्रमित सम्पर्कमा आएको र उनलाई अस्पताल ल्याउने तयारी भएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा। मदनकुमार उपाध्यायले जानकारी दिए ।
भागेका अर्का संक्रमितको पनि...
बाँके ३१ बैशाख । राप्ती सोनारी गाउँपालिकामा बुधबार सुत्केरी बोकेको एम्बुलेन्स दुर्घटना भएको छ । कोहलपुरबाट राप्ती सोनारीतर्फ जाँदै गरेको स्वेता पोली क्लिनिकको भे १ च ३१७१ नम्बरको एम्बुलेन्स पुलबाट खसेको हो । ।
कोहलपुरबाट ४ दिनको सुत्केरी लिएर राप्ती...
काठमाडौं, ३१ वैशाख । नेपालमा थप २४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले साँझ ७ स् ५० मा गरेको अद्यावधिक विवरण अनुसार नेपालमा संक्रमितको संख्या २ सय ४३ पुगेको हो । मन्त्रालयका सह...
काठमाडौं ३१ वैशाख, । कोरोना भाइरसको संक्रमण पुष्टि भएका २ जना अस्पतालबाट भागेका छन्। नारायणी अस्पताल वीरगञ्जको आइसोलेसनमा भर्ना भएका २ जना संक्रमित भागेका हुन्।
अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा मदन उपाध्यायका अनुसार उनीहरु अस्पतालको शौचालयको भेन्टिलेसन् फोडेर भागेका हुन्। उनीहरु...
सिरहा ३१,बैशाख । सिराहामा लागूऔषधसहित दुइ युवक पक्राउ परेका छन्। भगवानपुर गाउँपालिका ३ का १९ वर्षीय परितोषकुमार यादब र पछाडि सवार १९ वर्षकै क्रिचनशरण यादवलाई पक्राउ गरिएको हो ।सिराहाको भगवानपुर गाउँपालिका ३ लालपुर टोलस्थित इनर्वा भगवानपुर कच्ची बाटोबाट दुइ...
धनुषा ३१ वैशाख, । नेपालमा दिन दिनै कोरोना संक्रमित थपिने क्रम बढेको छ । आजै फेरी धनुषामा थप २ जनामा कोरोना संक्रमित भेटिएका छन् ।मिथिला नगरपालिकाका २ महिलामा कोरोना संक्रमण पुष्टि भएको जानकारी प्राप्त भएको छ ।
हिजो हिजो पनि...
झापा ३१ बैशाख । दमक नगरपालिका–५ हरिओम कोलनीमा ट्रिपरको ठक्करबाट एक साइकलयात्रीको मृत्यु भएको छ । को१ख ५५२४ नम्बरको ट्रिपरले बुधबार बिहान ठक्कर दिँदा दमक नगरपालिका–१ श्रीपालीटोलका १६ वर्षीय सोवित दर्जीको मृत्यु भएको हो ।
तीव्रगतिमा पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको...
वीरगन्ज ३१ बैशाख । गृह मन्त्रालयले एक जिल्लाबाट अर्को जिल्ला जाने गरी जारी भएका सबै ई-पास खारेज गरेको छ । मंगलबार मात्र कोरोना भाइरस (कोभिड-१९) का थप ५७ संक्रमित भेटिएको छ भने प्रधानमन्त्री केपी शर्मा ओलीले लकडाउनको खुकुलो भएकोमा...
ललितपुर ३१ बैशाख । ललितपुरको पुल्चोकस्थित आरोग्य प्रतिष्ठानमा प्रहरीले सिल गरेको छ। केही दिनअघि सुनसरीको झुम्काबाट भक्तपुर आएकी नर्समा कोरोना संक्रमण रहेको मंगलबार पुष्टि भएको थियो। ती नर्सको सम्पर्कमा रहेकाको खोजी गर्दा उनकी साथीले आरोग्य प्रतिष्ठानमा काम गरेको देखिएपछि...













