बरहथवा (सर्लाही), १७ चैत |
उन्नत जातको मकैमा दाना नलागेपछि सर्लाहीका किसान चिन्तित भएका छन् । जिल्लाको बागमती, बरहथवालगायत स्थानमा सयौँ किसानले लगाएको उन्नत जातको मकैमा दाना नलागेपछि किसानलाई चिन्ताले सताएको हो ।मकैमा आकर्षक घोगा लागे पनि दाना भने नलागेको...
चितवन, १७ चैत |
काठमाडौँबाट गोरखातर्फ आइरहेको ट्याक्सी त्रिशूलीमा नदीमा खस्दा मृत्यु भएका पाँच जनाको परिचय खुलेको छ । दुर्घटनापछि एक जना बेपत्ता छन् ।प्रहरीका अनुसार ट्याक्सी चालक गोर्खा नगरपालिका–७ का ३५ वर्षीय अर्जुन सिर्मल, सोही ठाउँका ४१ वर्षीया हरिमाया...
दमक (झापा), १७ चैत |
जिल्लाको कमल गाउँपालिकामा गए राति हात्तीको आक्रमणमा परी एकजना महिलाको मृत्यु भएको छ । वडाध्यक्ष लालबहादुर विष्टका अनुसार कमल गाउँपालिका–५ गुह्येश्वरी टोलकी ५८ वर्षीया खड्गमाया लिम्बूको मृत्यु भएको हो ।छिमेकी पवित्रा बेघाको घरमा सुतिरहेका बेला...
रौतहट, १६ चैत ।
माध्यमिक शिक्षा परीक्षा (एसइइ) २०८० अन्तर्गत शुक्रवार रौतहटको विभिन्न ३१ वटा परीक्षा केन्द्रबाट परीक्षा अनुगमन समितिले ५ सय मोबाइले सेट बरामद गरेका छन् ।जिल्ला प्रहरी कार्यालय रौतहटबाट प्राप्त जानकारी अनुसार एसइइ परीक्षालाई मर्यादित, अनुशासित एवं शान्तिपूर्ण...
पर्वत, १६ चैत |
सामान्यतया एसइई दिने विद्यार्थीको उमेर १४ वर्षदेखि माथिको हुने गरेको पाइन्छ । पर्वतमा भने १२ वर्षीय एक छात्र बिहीबारदेखि सञ्चालित एसइई परीक्षामा सहभागी भएका छन् । दक्षिण पर्वतको पैंयुँ गाउँपालिका–४ मा रहेको जनसेवा संस्कृत माध्यमिक विद्यालय...
रौतहट ।
रौतहटको फतुवा विजयपुर नगरपालिका– ११ भैसहीबाट प्रहरीले लागुऔषध १७ किलो ५ सय ग्राम गाँजासहित एक जनालाइ पक्राउ गरेको छ ।जिल्ला बारा गाविस बछनपुर्ब वडा नम्बर ६ मा जन्मघर भई रौतहटको फतुवा विजयपुर नगरपालिका– ११ भैसही टोल बस्ने प्रमेश्वर...
इलाम, १६ चैत |
सूर्योदय नगरपालिका–१ बाङ्गीनकी स्वस्तिका शाहलाई निःशुल्क छात्रवृत्तिमा स्नातक पढाएको नगरपालिकाले रोजगारी पनि दिन्छ भन्ने लागेको थिएन । “कक्षा १२ पास भएपछि कसरी ब्याचलर पढ्ने भन्ने चिन्ता थियोे । नगरपालिकाले पढायो”, शाहले भन्नुभयो, “जागिरको खोजीमा थिएँ, पालिकाले...
गलेश्वर (म्याग्दी) १६ चैत |
विद्यालयमा पढाइसँगै तरकारी खेती र मौरीपालन गरेर म्याग्दीको एक विद्यालयका विद्यार्थीले यस वर्ष रु दुई लाख ५० हजार आम्दानी गरेका छन् । जिल्लाको एकमात्र प्राविधिक शिक्षालयले छात्रछात्रालाई व्यावसायिक कृषितर्फ उन्मुख हुन प्रेरित पनि गरेको छ...
काठमाडौँ, १५ चैत |
त्रिशूली नदीको बुट्टारमा सुपर त्रिशूली हाइड्रोपावर आयोजना, ब्लु इनर्जी प्रालिको वातावरणीय प्रभाव मूल्याङ्कन (इआइए) बदरको मागसहित सर्वाेच्च अदालतमा रिट दायर गरिएको छ । आयोजनाले उत्पादन गर्ने भनिएको एक सय मेगावाट विद्युत् उत्पादन रोक्ने आदेशको माग गर्दै...
रौतहट,१५ चैत |
आजदेखि माध्यमिक शिक्षा परीक्षा (एसइई) को परीक्षा शुरु हुदै छ । चैत १५ देखि २७ गतेसम्म सञ्चालन हुने यस वर्षको एसइर्ई परीक्षा विहान ८ बजेबाट ११ बजेसम्म सञ्चालन हुनेछ ।पहिलो दिन आज अङ्ग्रेजी विषयको परीक्षा हुनेछ ।...














