रौतहट, १६ चैत ।

माध्यमिक शिक्षा परीक्षा (एसइइ) २०८० अन्तर्गत शुक्रवार रौतहटको विभिन्न ३१ वटा परीक्षा केन्द्रबाट परीक्षा अनुगमन समितिले ५ सय मोबाइले सेट बरामद गरेका छन् ।जिल्ला प्रहरी कार्यालय रौतहटबाट प्राप्त जानकारी अनुसार एसइइ परीक्षालाई मर्यादित, अनुशासित एवं शान्तिपूर्ण रुपमा सम्पन्न गराउन जिल्ला परीक्षा अनुगमन समितिका पदाधिकारीहरुले जुद्ध माध्यमिक विद्यालय गौर, चन्द्रपुर सहित जिल्लाको ३१ वटा परीक्षा केन्द्रबाट ५ सय मोवाइल सेटलाई बरामद गरिएका हुन् ।प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मी, सहायक प्रमुख जिल्ला अधिकारी, जिल्ला शिक्षा विकास तथा समन्वय इकाई प्रमुख रामविनय सिंह सहितका अनुगमनमा खटिएका अधिकारीहरुले उक्त मोवाइल बरामद गरिएको बताइएका छन् ।
बरामद गरिएका मोवाइल सेटमा सम्बन्धित व्यक्तिहरुको नाम लेखिएको तथा एसइइ परीक्षा सम्पूर्ण पेपर सकेपछि उनीहरुलाई फिर्ता गरिने जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता एवं डिएसपी एलिजा गिरीले जानकारी दिइन् । डिजिटल प्रविधिको माध्यमबाट परीक्षा दिनमा प्रयोग भएका मोवाइलहरु एसइइ सकेपछि सम्बन्धित परीक्षा केन्द्रलाई उपलब्ध गराएर फिर्ता गराइने स्पष्ट पारिन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here