काठमाडौं १६ गते ।

काठमाडौंमा जारी टी– २० सिरिजअन्तर्गत आयरल्याण्ड ‘ए’ उल्भ्सविरुद्धको पहिलो खेलमा नेपाली ब्याटर लोकेश बमले शतक हानेका छन् । उनले ५२ बलमा ८ छक्का र ८ चौकाको मद्दतमा शतक प्रहार गरेका हुन् । नेपालले अहिले जितका लागि २२३ रनको लक्ष्य पछ्याइरहेको छ ।नेपाली टोलीबाट ओपनिङमा आएका लोकेशले विस्फोटक ब्याटिङ गर्दै ५२ बलमा १०१ रन बनाउन सफल भएका हुन् । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपाल ‘ए’ टोलीले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको आयरल्याण्ड टोलीले निर्धारित २० ओभरमा पाँच विकेटको क्षतिमा २२२ रन बनाएको थियो ।त्यसलाई पछ्याउने क्रममा ओपनर बमले शानदार ब्याटिङ गरेर शतक बनाएका हुन् । लोकेशलाई पाँचौँ क्रममा आएका आरिफ शेखले गतिलो साथ दिए । अहिले बम आउट भएका छन् । ५६ बलमा १०६ रन बनाएर उनी आउट भएका हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here