काठमाडौँ,चैत्र,२९ ।
स्वास्थ्य वैज्ञानिकहरुको आठौं राष्ट्रिय सम्मेलन आईतवार काठमाडौंमा शुरु भएको छ ।चैत्र २७ देखि २९ गतेसम्म चल्ने सम्मेलनमा विभिन्न विषयमा गरिएका अनुसन्धानलाई जनतामाझ लैजाने विषयमा छलफल हुने नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का सदस्य सचिव डा. प्रदीप ज्ञवालीले बताउनु भयो । उहाँले सरकारले अनुसन्धानको क्षेत्रमा लगानी बढाउँदै जानु पर्ने बताउनु भयो । सदस्यसचिव ज्ञवालीले सरकारले अनुसन्धान संस्था विकास गर्ने, अनुसन्धानकर्ताहरुको वृत्ति विकास गरेर उनीहरुलाई अभ्यास गर्ने वातावरण मिलाउनु पर्ने बताउनु भयो । उहाँले नेपाल सरकारले तोकेको स्वास्थ्यका प्राथमिकताको क्षेत्रभित्र रहेर अनुसन्धान भयो वा भएन भन्ने विषयको जानकारी राख्नुपर्ने आवश्यकता रहेको बताउनु भयो । सदस्यसचिव ज्ञवालीले अनुसन्धानकर्ताहरुले गरेको अनुसन्धान अनुसन्धानका लागि मात्रै नभइ जनताको आवश्यक्ता परिपूर्ति गर्ने किसिमका हुन आवश्यक भएको बताउनु भयो ।
उहाँले अनुसन्धान कर्ताहरुले गरेको उत्पादनले राज्य समृद्ध बनाउन सहयोग पुग्ने बताउनुभयो ।सदस्यसचिव ज्ञवालीले भन्नुभयो, ‘हामीलाई महामारीले पनि धेरै कुरा सिकाएको छ । हामीले भ्याक्सिन बनाउन पाएको भए वा त्यो खालका ल्याबहरु सेटअप गर्न पाएको भए १० वर्षअघि देखि हामी पूर्व तयारीको हिसावमा कतिखेर के आउँछ भन्ने हिसावले संघीय हिसावले संघसंस्था भइदिएको भए आज हामी भ्याक्सिन बनाउन सक्थ्यौँ । नेपाल सरकारले हेल्थ पोलिसी सपोर्ट गर्न बनिरहँदा रिसर्चरहरुको कल्चर विकास गरी उहाँहरुलाई रिसर्च गर्ने वातावरण बनाउनको लागि के कति कामहरु गर्न सकिन्छ ? किनभने रिसर्च त इन्डिपेण्डेड हो । रिसर्च संस्था विकास गर्ने, रिसर्चरहरुको संस्थाको विकास गरेर उहाँहरुलाई ट्रेन गरेर उहाँहरुलाई कम्पीटेन्ट बनाउनु पर्छ । तालिमप्राप्त गराउने खालको हिसावमा र नेपाल सरकारले तोकेको हेल्थका प्रायोरेटि क्षेत्रभित्र रहेर रिसर्च भयो कि भएन ? राज्यलाई चाहिएको आवश्यक्ताअनुसार पोलिसी टाइपको रिसर्च भयो कि भएन ? त्यो खालको लेभलमा हामीले जानुपर्छ ।
राज्यलाई चाहिएका अनुसार अध्ययन अनुसन्धान गरेर त्यसको सर्वे गरेर रिपोर्ट दिने र त्यही अनुसारको नीतिगत परिवर्तन गर्ने कुराहरु गर्न महत्वपूर्ण र फलदायी हुनेछ । रिसर्चको माध्यमबाट धेरै भन्दा धेरै कुरा गर्न सक्नुपर्छ । रिसर्च रिसर्चको लागि मात्रै होइन, एकेडेमिको लागि ठिक छ, रिसर्च गरेको कुरा सार्वजनिक आवश्यक्तालाई पूरा गर्ने हुनुपर्छ । त्यो टुल्सको हिसावले विकास हुनुपर्छ र त्यसमा राज्य समृद्धि बन्नुपर्छ । रिसर्चबाट उत्पादित कुरालाई बेचेर मुलुकको समृद्धि बढ्नुपर्छ । र त्यस दिशामा रिसर्चको लागि राज्यले लगानी गर्नुपर्छ । यसले राज्यलाई घाटा हुँदैन । आजको दिनमा रिसर्च लगानी किन गर्ने भन्ने कुरा आउला तर साँच्चै मुलुक परिवर्तन गर्ने हो भने अनुसन्धानमा लागनी गरेर जनताको आवश्यक्ताका कुरा उत्पादित गरी खर्च जोगाउन सकिन्छ ।’








