काठमाडौँ,चैत्र,२९ ।

नेकपा (एमाले)ले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई पदमुक्त गर्नेगरी थालिएको निलम्बनको कारबाही तुरुन्त फिर्ता लिन चेतावनी दिएको छ ।आइतबार प्रमुख प्रतिपक्ष पार्टी एमालले वर्तमान मुलुकको अर्थतन्त्रको विषयमा पत्रकार सम्मेलन गर्दै नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई पदमुक्त गर्नेगरी थालिएको निलम्बनको कारबाही तुरुन्त फिर्ता लिन चेतावनी दिएको हो । पत्रकार सम्मेलनमा बोल्दै एमालेका उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णु पौडेलले सरकारले राष्ट्र बैंकका गभर्नर निलम्बन गर्ने काम गलत गरेको बताउनु भयो ।

सरकारले गभर्नरलाई निलम्बन गरेर गलत अभ्यास गरेको भन्दै पौडेलले यो कदम तत्काल नसच्याए अर्थतन्त्र धराशायी र यसबाट गम्भीर परिणाम भोग्नुपर्ने चेतावनी दिनु भयो । पूर्वअर्थमन्त्री पौडेलले अर्थतन्त्रको बिग्रँदो अवस्थामा सार्थक हस्तक्षेप नगर्ने हो भने नेपाललाई श्रीलंका हुनबाट कसैले रोक्न नसक्ने बताउनु भयो । आफू अर्थमन्त्री हुँदा ल्याएको लोकप्रिय बजेटलाई असफल पार्न ल्याइएको प्रतिस्थापन बिधेयकका कारण देश गम्भीर संकटमा फस्दै आएको दाबी गर्नू भयो। सरकारका आर्थिक नीति नै संकटतर्फ धकेल्ने खालका भएको भन्दो पौडेलले प्रधानमन्त्री वा मन्त्रीले श्रीलंका बन्न दिन्नौं भन्दैमा पत्याउने अवस्था नरहेको बताउनु भयो । पूर्वअर्थमन्त्री पौडेलले आफूहरूले सरकार छाडेपछिको ९ महिनामा मुलुकको अर्थतन्त्र कुनै व्यक्तिको गलत नीति र सनकका कारण तहसनहस भएको दाबी गर्नु भयो ।

उहाँले भन्नुभयो,‘ सरकारले हालै मात्रै निन्धनिय लज्जापद घृणात्मक काम गरेको छ । नेपालका आफ्नो प्रोफेसनमा हरेक दृष्टिकोणले अब्बल भूमिकामा रहनु भएका राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई सरकारको स्वास्र्थ पुरा गर्नको निम्ति उहाँ सहयोगी बन्नु भएन । वित्तीय नीतिमा सरकारले जुन प्रकारको हस्तक्षेप गरेको छ । त्यसको सामना गर्ने सरकारका गलत हस्तक्षेपलाई अस्वीकार गरेका कारणले गर्दा । म भन्दा मेरो लागि मुलुकको अर्थतन्त्र ठूलो हो मुलुकको आर्थिक अवस्था ठूलो हो भनेर सरकारका गलत हस्तक्षेपलाई अस्वीकार गरेको कारणले गर्दा गभर्नरलाई निलम्बन गर्ने गलत अभ्यास गरिएको छ । सरकारले तत्काल यो निर्णय सच्याउनु पर्छ । अन्यर्था सरकार यो निर्णमा कायम रहिरहयो भने दिनप्रतिदिन मुलुकको अर्थतन्त्रलाई अरु धरासाही बनाउने कुरा निश्चित छ ।

यो कुनै व्यक्ति महाप्रसाद अधिकारीमाथि होइन सिंगो प्रणालीमाथिको आक्रमण हो । सरकारमा रहेका व्यक्तिहरुका दुषित आकांक्षा पूरा गर्न उहाँ सहयोगी हुनुभएन । वित्त नीतिमा जसरी सरकारले नकारात्मक हस्तक्षेप गर्दा त्यसको मुकाबिला गरेर अर्थतन्त्र जोगाउन खोज्दा आज गभर्नरलाई पदमुक्त गर्न स्पष्टिकरणको गलत अभ्यास गरिएको छ । अहिले नै सार्थक हस्तक्षेप नगरे हामीलाई श्रीलंका हुनबाट कसैले रोक्न सक्ने छैन । कुनै व्यक्ति प्रधानमन्त्री वा मन्त्रीले दाबी गरेर मुलुकको बिग्रदो अवस्थाबाट बाहिर निस्किने होइन । अर्थतन्त्रलाई गलत दिशामा जान जुन नीति अवलम्बन गरिएको छ, त्यसको नतिजा भनेको यसैगरी मुलुक संकटउन्मुख हुने हो र हामीले धान्न नसकिने अवस्थामा पुग्ने जोखिम बढेको छ ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here