उपप्रधान एंव सहरी विकासमन्त्री प्रकाशमान सिंहले जुन अधिकारहरु प्राप्त गरिराखेका छौं ति अधिकारहरु सित्तैमा नआएको बताएका छन् ।
बिहीबार भविष्य निर्माणः नवप्रवर्तन, लचिलोपन र दिगो विकास कार्यक्रममा बोल्दै उनले धेरै लामो संघर्षपछि अधिकारहरु प्राप्त गरेकाले त्यसलाई सबैले सुरक्षित गर्ने जिम्मेवारी भएको बताएका हुन् ।
उनले भने, ‘जुन अधिकारहरु हामी प्राप्त गरिराखेका छौं ति अधिकारहरु सित्तैमा आएको होइन । धेरै लामो संघर्षपछि यी अधिकारहरु प्राप्त गरेका छौं । प्राप्त अधिकारहरुलाई सुरक्षित गर्ने तपाईं हामीहरुको जिम्मेवारी हो । सबैले के बुझ्नुपर्यो भने जसरी अहिले हामी भेला भएका छौं त्यो अधिकार खोसियो भने के हुन्छ त्यो बुझ्न आवश्यक छ । अधिकारको कुरा पनि गरौं, सँगसँगै आफ्नो जिम्मेवारीमा पनि जोड दिनुपर्छ ।’
साथै उनले आम नेपाली जनतालाई सकारात्मक रुपमा प्रभाव पार्ने, कार्य गर्दाखेरि सजिलो हुने खालको प्रविधिलाई अगाडि बढाउन आवश्यक रहेको बताए ।
उनले राष्ट्रको आवश्यकता, समयको माग अनुसार र जनताले चाहे अनुसारको नीतिहरु अगाडि बढाउँदा सबैलाई राम्रो हुने बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here