काठमाडौं १२ पुस  ।

तेस्रो यलम्बर कप तथा प्रथम राष्ट्रव्यापी यलम्बर भेट्रान्स च्याम्पियनसिप ब्याडमिन्टन प्रतियोगिता माघमा आयोजना हुने भएको छ । नखिपोट युथ क्लव ब्याडमिन्टन सर्कलले सोमवार सुम्निमा तपोखिममा पत्रकार सम्मेलनको आयोजना गर्दै प्रतियोगिता माघ १ गतेबाट ५ गतेसम्म आयोजना हुने जनाएको हो । प्रतियोगितामा मेन्स ओपन डबल्स ९शीर्ष २० वरीयता बाहेक०, सुपर भेट्रान्स डबल्स ९५५ वर्षमाथि०, भेट्रान्स डबल्स ९४५ वर्षमाथि०, मेडियम भेट्रान्स डबल्स ९३५ वर्षमाथि०, महिला एकल ९शीर्ष २० वरीयता बाहेक० र पुरुष एकल ९१९ वर्षमुनि शीर्ष २० वरीयता बाहेक० इभेन्ट्समा प्रतिष्पर्धा हुनेछ । नखिपोट युवा क्लवको ब्याडमिन्टन कोर्टमा आयोजना हुने प्रतियोगिताको मेन्स ओपन डबल्सको विजेताले ५० हजार, दोस्रोले २५ हजार र तेस्रो हुनेले २० हजार नगद पुरस्कार पाउनेछन् । सुपर भेट्रान्स डबल्सको विजेताले ३० हजार,
दोस्रोले २० हजार र तेस्रोले २० हजार पाउनेछन् । भेट्रान्स डबल्स र मेडियम भेट्रान्स डबल्सको विजेताले ३५ हजार, दोस्रोले २० हजार र तेस्रोले २० हजार पाउनेछन् । महिला एकलतर्फको विजेताले २५ हजार, दोस्रोले १५ हजार र तेस्रोले १० हजार
प्राप्त गर्दा पुरुष एकलको विजेताले ३० हजार, उपविजेताले २० र तेस्रोले २० हजार पाउने आयोजकले जनाएको छ । प्रतियोगितामा करिब ४ सय खेलाडीको सहभागिता रहने नखिपोट युथ क्लव ब्याडमिन्टन सर्कलका अध्यक्ष जयराम राईले जानकारी गराए । अध्यक्ष राईले पहिलो किराँत कालिन राजा यलम्बरलाई विश्वमा चिनाउन साथै खेलकुदको माध्यमबाट स्वस्थ्य समाज निर्माण र खराब संगत र कुलतबाट युवाहरुलाई जोगाई सभ्य समाज निर्माण गर्न सहयोग पु¥याउने उद्देश्यले
प्रतियोगिता आयोजना गरिएको जानकारी गराए । प्रतियोगिताका आर्थिक संयोजक दिनेश राईले प्रतियोगिताको अनुमानित बजेट कुल १९ लाख १० हजार रहेको जानकारी गराए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here