काठमाडौं १२ पुस ।

नवनियुक्त उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले क्याबिनेट भित्र पनि प्रतिपक्षको भूमिका निर्वाह गर्ने बताउनु भएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति समेत रहनु भएका उहाँले सोमबार अपरान्ह सिंहदरवारमा पुगेर पदभार ग्रहण गरेलगत्तै सञ्चारकर्मीमाझ यस्तो योजना सार्वजनिक गर्नु भएको हो । उपप्रधानमन्त्री लामिछानेले जनताको पीरमर्का नबुझ्ने अथवा कुनै पनि गलत काम क्याविनेटमा पनि हुन्छ कि भनेर प्रतिपक्षको भूमिका निर्वाह गर्ने गरी नै आफ्नो पार्टी सरकारका सहभागी भएको पनि स्पष्ट पार्नु भयो । विगतमा आफूहरुले जनताको पक्षमा खवरदारी गर्दै आएको र त्यसलाई सरकार तथा संसदमा गएर पनि निरन्तरता दिने उहाँको भनाई थियो । उपप्रधानमन्त्री लामिछानेले जनताको पक्षमा आफूहरुले गरेको बाचा पूरा गर्ने गरी केही दिनमै सत्तारुढ दलहरुको तर्फबाट सामूहिक प्रतिवद्धता सार्वजनिक गर्ने घोषणा समेत गर्नु भयो । उहाँले आफूहरु मन्त्री पदका लागि सरकारका नआएको पनि पटकपटक दोहो¥याउनु भयो ।उपप्रधानमन्त्री लामिछानेले आफ्नो नागरिकता वा पासपोर्ट अनुसन्धानको काममा कुनै पनि खालको हस्तक्षेप नगर्ने प्रतिवद्धता समेत व्यक्त गर्नु भयो । स्वतन्त्र भएर सो विषयमा अनुसन्धान गर्न सम्बन्धित निकाय लाग्नुपर्ने र त्यसमा आफूले सक्दो सहयोग गर्ने उहाँको भनाई थियो ।यस अघि उपप्रधानमन्त्री लामिछानेलाई गृह मन्त्रालयका सचिव विनोदप्रकाश सिंहलगायतका कर्मचारीहरुले मन्त्रालयमा भव्य स्वागत गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here