काठमाडौं ११ पुुस  ।

नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल पद तथा गोपनियताको शपथग्रहण गर्नुभएको छ । सोमवार प्रधानमन्त्री दाहालले प्रधानमन्त्री पदको शपथग्रहण गर्नुभएको हो । अध्यक्ष दाहालसँगै उपप्रधानमन्त्री विष्णु पौडेल, नारायणकाजी श्रेष्ठ र रवि
लामिछानेले पनि पद तथा गोपनियताको शपथग्रहण गर्नुभएको छ । त्यस्तै मन्त्रीहरु मन्त्रीहरुमा ज्वालाकुमारी साह, दामोदर भण्डारी, राजेन्द्र राई र अब्दुल खानले पनि मन्त्रीको पद तथा गोपनियताको शपथग्रहण गर्नुभएको छ । ८ सदस्यीय मन्त्रिपरिषद्मा उपप्रधानमन्त्री एर्व अर्थमन्त्रीमा नेकपा एमालेका विष्णु पौडेल, नेकपा ९माओवादी केन्द्र० उपप्रधान एवं भौतिक पूर्वाधार मन्त्रालय र राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष एवं सांसद उपप्रधान एवं गृह मन्त्रालय रवि लामिछानेले सम्हाल्नुहुनेछ । मन्त्रीहरुमा ज्वालाकुमारी साह, दामोदर भण्डारी, राजेन्द्र राई र अब्दुल खान रहनुभए पनि मन्त्रालय भने
तोकिएको छैन । राष्ट्रपति भवन शीतलनिवासमा भएको शपथग्रहणमा प्रधानमन्त्री दाहालपछि त्रयः उपप्रधानमन्त्रीर त्यसपछि मन्त्रीहरुले शपथग्रहण गर्नुभएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here