काठमाडौं ११ पुुस  ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले भ्रष्टाचारको विषयमा छानबिन गर्नका लागि अधिकार सम्पन्न आयोग बनाउने साझा सहमति भएपछि आफूहरु सरकारमा सहभागि हुन लागेको बताउनुभएको छ ।  सोमवार नयाँ बानेश्वरस्थित संसद भवनमा सत्तारुढ गठबन्धनको बैठकपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै सभापति लामिछानेले भ्रष्टाचारको विषयमा
छानबिन गर्न अधिकार सम्पन्न आयोग अथवा संयन्त्र बनाउने सझा सहमति भएपछि सरकारमा सहभागि हुन लागेको बताउनुभएको हो । उहाँले यस विषयमा सत्तारुढ सबै पार्टीहरु सहमत भएको उल्लेख गर्नुभयो । त्यस्तै शिक्षा र स्वास्थ्यको बिलमा पनि साझा प्रतिवद्धता रहेको उहाँले उल्लेख गर्नुभयो । उहाँले विदेशमा रहेका नेपाली नागरिकहरुलाई मतदानको अधिकार दिने, नयाँ व्यवसायीहरुका लागि विशेष कार्यक्रम ल्याउने लगायतको विषयमा सत्तारुढ दलहरुका बीचमा साझा सहमति बनेको बताउनु भयो । साझा सहमति बाहिर सार्वजनिक गर्ने पनि उहाँले जानकारी दिनुभयो । सभापति लामिछानेले आफ्नो दाबी गृह मन्त्रालयसहित उपप्रधानमन्त्रीमा रहेको स्पष्ट पार्नुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here