रौतहट । राजपुर नगरपालिकाका नवनिर्वाचित पदाधिकारीहरुले मंगलबार एक कार्यक्रमका विच पद तथा गोपनियताको सपथ लिएका छन् ।
सम्पन्न स्थानिय निवार्चनबाट निवार्चित मेयर डाक्टर मोहमद राजिक आलमले आफना नगरका नवनिर्वाचित उपमेयर जमिला अगजरी सहित ९ वटैका वडा अध्यक्ष एवम सदस्यहरुलाई पद तथा गोपनियताको शपथ गराएका छन् ।
नगर प्रमुखको कार्यभार संभाले लग्तै मेयर आलमले पहिले राजपुर नगरपालिकाबासीहरुलाई निःशुल्क गर्भ जाँच गर्न अल्ट्रासाउण्ड मेसिन खरिद गर्ने निर्णय समेत गरेको छन् । नवनिर्वाचित मेयर डाक्टर अालमले नगरपालिका भित्रका गर्भवती महिलाहरुको निःशुल्क गर्भ जाँच गर्ने पहिलो निर्णय गरिएको जानकारी गराउनु भयो ।
स्वास्थ्य सेवामा सबै नगरबासीको समान र सहज पहुँच अभिबृद्धि गर्ने अभिप्रायले स्वास्थ्य सेवामा जनताको व्यक्तिगत खर्च घटाउने, सबै भौगोलिक क्षेत्र, वर्ग, समुदायमा आधारभूत स्वास्थ्य सेवाको सहज पहुँच बिस्तार गर्दै मातृ मृत्युदर घटाउने उद्देश्यले निशुल्क गर्भ जाँचको व्यवस्था गर्न लागिएको उनले बताए ।
त्यसको लागि तुरन्त अल्ट्रासाउण्ड मेसिन खरिद गर्दै दक्ष स्वास्थ्यकर्मीलाई समयमा तालिम दिई सेवा संचालन गर्ने आलमको भनाई रहेको छ ।
रेड टेलीभिजन संगको संवादमा मेयर डाक्टर आलमले आफुले जनताको अपार माया पाएकोले हृदय देखी धन्यवाद दिन चाहन्छु । रेड टेलिभिजन मार्फत राजपुरका जनतालाई मैले चुनाव प्रचारका बेला जे जति बाचा गरेको थिए, अगामी दिनहरुमा त्यो बाचा पुरा गर्ने प्रतिब्दता पुनः दोहरयाउछु । आफु आफनो नगरपालिकालाई भ्रष्टाचार मुक्त पालिकाको रुपमा बनाउन चाहेको समेत बताए ।
नवनिर्वाचित मेयर आलमले रेड टेलिभिजनलाई धन्यवाद दिदै रेड टेलिभिजनलाई अगाडी बढाउन पुरा प्रयास गर्ने प्रतिब्दता समेत व्यक्त गरे । साथै मेयर आलमले रेड टिभीले बिना भेदभाव समाचार प्रसारण गरेको प्रति अभार समेत प्रकक्ट गरेका छन् ।








