काठमाडौं, ११ जेठ, ।
पोखरा महानगरपालिकाको मेयरमा एकीकृत समाजवादीका धनराज आचार्य निर्वाचित भएका छन् ।गठबन्धनका तर्फबाट उम्मेदवार बनेका आचार्य ५८८९३ मत ल्याएर विजयी भएका हुन् । उनका प्रतिस्पर्धी एमालेका कृष्णबहादुर थापाले ५२८४८ मत पाए ।मेयरमा तेस्रो भएका राप्रपाका शंकर खरालले ५६७४ मत पाएका छन् भने चौथो भएका स्वतन्त्र उम्मेदवार खड्गराज पौडेल (गनेस)ले ३०३० मत पाएका छन् ।उपमेयरमा भने एमालेको मञ्जुदेवी गुरुङ विजयी भएकी छन् । कांग्रेसकी कोपिला रानाभाटलाई पराजित गर्दै मञ्जु विजयी भएकी हुन् । मञ्जुले ६० हजार ५४६ मत ल्याउँदा कोपिलाले ५६ हजार ६६३ मत पाइन् ।उपमेयरमा राप्रपाकी रन्जनाकुमारी सेन पौडेलले ५६९९ मत पाएर तेस्रो भएकी छन् । विवेकशील साझा पार्टीका माधव भण्डारीले २६४ मत पाएका छन् ।








