रौतहट । कटहरिया नगरपालिकाका नवनिर्वाचित जनप्रतिनिधिहरूले शपथ ग्रहण गरेका छन् । स्थानीय तह निर्वाचन २०७९ बाट निर्वाचित जनप्रतिनिधिहरूले सोमबार पद तथा गोपनीयताको शपथ लिएका हुन ।
कटहरिया नगरपालिकाका नवनिर्वाचित मेयर अजय प्रकाश जयसवालले सदरमुकाम गौरमा आयोजित कार्यक्रममा रौतहटका मुख्य निर्वाचन अधिकृत संग पद तथा गोपनीयताको शपथ खाए लगतै आफना नगरका उपमेयर सहितकालाई सपथ गराएका हुन।
कटहरिया नगरपालिका स्थित विवाह मण्डप भवनमा आयोजित सपथ ग्रहण कार्यक्रममा पानसमा बति बालेर उदघाटन गर्दै नवनिर्वाचित मेयर जयसवालले उमपेयर रिता देवी, वडा नम्बर १ का वडाध्यक्ष भूपेनद्र महतो, वडा नम्बर २ का वडाध्यक्ष हरेन्द्र साह,वडा नम्बर ३ का वडाध्यक्ष श्यामाकान्त यादव,वडा नम्बर ४ का वडाध्यक्ष चन्दन कुशवाहा,वडा नम्बर ५ का वडाध्यक्ष सर्फलाल गुप्ता,वडा नम्बर ६ का वडाध्यक्ष जयराम चौधरी,वडा नम्बर ७ का वडाध्यक्ष सहिद आलम, वडा नम्बर ८ का समिश विक्रम साह र वडा नम्बर ९ का वडाध्यक्ष रुपेश यादवलाई शपथ ग्रहण गराएका थिए । पालिकामा निर्वाचित वडा सदस्यहरूलाई पनि उपमेयर वडा अध्यक्ष सगैं शपथ ग्रहण गराएका थिए ।
सपथ ग्रहण पश्चात नवनिर्वाचित मेयर जयसवालले पहिलो बैठकबाट कटहरियामा कक्षा १ देखि १० सम्म अग्रेजी माध्यम बाट पठनपाठन गराउने निर्णय गरेका छन् । मेयर लगायतका जनप्रतिनिधिले सोमबार शपथग्रहण गरे लगत्तै बसेको नगरपालिकाको बैठकमा सो निर्णय गरिएको प्रमुख प्रशासकीय अधिकृत रामप्रकाश साहले बताएका छन् ।








