रौतहट, १० जेठ ।
रौतहटका १८ स्थानिय तह मध्येका गुजरा नगरपालिकाका नव निवार्चित जनप्रतिनीधीहरुले पद तथा गोपनियताको सपथ लिएका छन् । दोस्रो कार्यकालका लागि नवनिवार्चित मेयर शन्तलाल चौधरीले रौतहटका मुख्य निवार्चन अधिकृत संग सोमबार सदरमुकाम गौरमा सपथ खाए लगतै आफना नगरका नवनिवार्चित जनप्रतिनीधीहरुलाई मंगलबार सपथ खुबाएका छन् ।May be an image of 11 people, people standing, people sitting and indoor
नगरपालिकामा आयोजित सपथ ग्रहण कार्यक्रममा मेयर चौधरीले नेपाली काँग्रेसबाट नव निवार्चित उमपेयर रत्ना लामा सहित ९ वटै वडाका अध्यक्ष एवम सदस्यहरुलाई पद तथा गोपनियताको सपथ गराएको हो । कार्यक्रम नगरपालिकाका नियमित प्रमुख प्रशासकिय अधिकृत विनोद चौधरी, लेखा प्रमुख शैलेन्द्र श्रीवास्तव एवम प्राविधीक प्रमुख प्रविण जयसवाल लगायत अन्यको सहभागीता रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here