रौतहट, १० जेठ ।
देशमा स्थानिय तहको निवार्चनमा विजय हासिल गरि जितको खुशीयाली साटी रहैकै बेला रौतहटका एक नवनिवार्चित वडा अध्यक्ष आफना घाईते वडाबासीलाई भेटन अस्पताल पुगेको छन् ।
बैसाख ३० गते भएको स्थानीय तह निर्वाचनमा झडपको क्रममा नेपाली सेनाको गोलि लागी घाइते भएका यमुना माई गाउँ पालिका वडा नं. १ निवासी मुकेश पासवान संग भेटन उक्त वडाका अध्यक्ष नन्दलाल राय यादव नेसनल मेडिकल शिक्षण अस्पताल बिरगंज पुगेका हुन ।।
घाइतेको स्वास्थ्य अवस्था बुझे लगतै वडा अध्यक्ष यादवले पीडित परिवारलाई व्यक्तिगत सहयोग गर्दै सरोकारवाला निकायसंग आवश्यक क्षतीपुर्तीको लागि पहल गर्ने प्रतिद्धता समेत गरेको छन्। नव निवार्चित वडाअध्यक्षको यो दोस्रो कार्यकाल हो ।








