१० चैत, भक्तपुर ।
बालिका बलात्कार आरोपमा एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।रामेछापको खाडादेवी गाउँपालिका वडा नम्बर २ घर भई चाँगुनारायण नगरपालिका २ झौखेल ठुटे इँटाभट्टामा काम गर्दै आएको २८ वर्षीय दिनेश तामाङलाई १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा हिरासतमा लिएको प्रहरीले जनाएको छ ।बलिका बलात्कृत भएको सूचना पाएलग्त्रै महानगरी प्रहरी परिसर भक्तपुरबाट खटिएको टोलीले बुधबार साँझ आरोपी तामाङलाई नियन्त्रणमा लिएको थियो ।पक्राउ परेका उनीमाथि यसबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।







