रौतहट १ माघ ।
गरौ योग डटेर, कोभिड जान्छ हटेर भन्ने नाराका साथ रौतहटमा छैठौ राष्ट्रिय योग दिवस मनाइएको हो। जिल्ला आयुर्बेद स्वास्थ्य केन्द्रको आयोजनामा प्रभात फेरी गरी चन्द्रनिगाहपुर स्थित जनज्योती माध्यमिक बिद्यालयको प्राङ्गणमा योग गरेर छैठौ राष्ट्रिय योग दिबस मनाइएको छ । प्रमुख जिल्ला अधिकारी ईन्द्रदेब यादबले दिबसको उदघाटन गर्दै पछिल्लो समय मानिसहरुमा खानपान र स्याहारको कमी भैरहेको अबस्थामा योगा गर्नु स्वास्थ्यको लागि राम्रो हुने जनकारी दिएका छन । जिल्ला आयुर्बेद स्वास्थ्य केन्द्रका प्रमुख शिब शंकर यादबको सभापतित्वमा सम्पन्न कार्यक्रमको संचालन बिनय झाले गर्नु भएको थियो ।








