१० चैत, रौतहट ।

राजदेवी नगरपालिकामा आगलागी हुँदा दुई वटा घर जलेर नष्ट भएको छ ।रौतहटको राजदेवी नगरपालिका ७ मुडवलवास्थित दुई जनाको घरमा बुधबार बेलुकी अचानक आगलागी हुँदा घरमा रहेको समानहरु जलेर पूर्णरुपमा नष्ट भएको छ ।स्थानीय विजय यादव र शिव कुमार यादवको घरमा हिजो साँझ करिब ६ बजेतिर आगलागी भएको थियो । उनी दवै जना दाजुभाई हुन् । आगलागीबाट आनपत तथा लता कपडा जलेर नष्ट भएको छ भने पशु घाइते भएको प्रहरीले जनाएको छ ।आगलागीलाई स्थानीहरुको सहयोगमा नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here