१० चैत, रौतहट ।

वृहत्तर जनकपुर क्षेत्र विकास परिषदमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले छापा हानेको छ ।वृहत्तर जनकपुर क्षेत्र विकास परिषदमा विद्युतीकरण गर्ने योजनामा अनियमितता भएको गुनासो बढेपछि बर्दिवासबाट खटिएको टोलीले वृहत्तरको कार्यालयमा छापा हानेको छ ।अख्तियार दुरूपयोग अनुसन्धान आयोगको बर्दिवासबाट खटिएको टोलीले बुधबार छापा हानेर वृहत्तरको कार्यालयबाट विद्युतीकरणसम्बन्धी कामबारे जानकारी लिएको हो ।

अख्तियारको टोलीले वृहत्तरमार्फत जानकी मन्दिरमा भएको विद्युतीकरणसम्बन्धी कामको अनुमगनसमेत गरेको अख्तियार बर्दिवास कार्यालयका सूचना अधिकारी विजयकुमार शर्माले जानकारी दिए ।जानकी मन्दिरमा विद्युतीकरणसम्बन्धी कामका बारेमा परेको उजुरीको आधारमा फाइलहरू अख्तियारले नियन्त्रणमा लिइएको छ । हाल यसबारे छानबिन भइरहेको अधिकारी विजयकुमार शर्माले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here