नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले मुलुकमा कसैले काम गरेको भए आफूहरुले नै गरेको दाबी गरेका छन् ।बिहीबार नेपाल नेवा राष्ट्रिय सङ्घको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले मुलुकमा परिवर्तन पनि आफूहरुले नै गरेको र देशमा गणतन्त्र पनि आफूहरुले नै ल्याएको बताएका हुन् ।

उनले भने, ‘हामीले  नगरेको  होइन, गरेका छौं । काम नगरेकाहरुसँग हामीलाई एउटै लाइनमा राख्न मिल्दैन । हामीले गर्वका साथ भन्न सक्नुपर्छ । यो मुलुकमा कसैले काम गरेको छ भने त्यो हामीले गरेका छौं । परिवर्तन कसैले गरेको छ  भने  त्यो  हामीले  गरेका हौं । गणतन्त्र कसैले ल्याएको छ भने त्यो  हामीले ल्याएका छौं । गणतन्त्र आउँदैन नेपालमा भन्नेहरु यहीँ पार्टीभित्र थिए । गित गाएर मात्र हिँडेका होइनन् विरोध गरेर  हिँडेका थिए । उत्साह बढाउने होइन उल्साह घटाउने काम गरिरहेका थिए । हामीले टेरेनौं, वास्ता गरेनौं र राजतन्त्रको बारेमा अरु पार्टीले पनि मतलब गरेनन् ।’

साथै उनले देशको मूल समस्या सरकारको अस्थिरता नभएको बताए । उनले आफूहरु ९ महिना सरकारमा रहँदा उदाहरण पेश गरेको भन्दै सो अवधिमा गफ नभइ काम गरेर देखाएको जिकिर गरे  ।

उनले भने, ‘हाम्रो देशको समस्याको मूल कारण के हो, त्यहाँबाट जानुपर्छ । मुल कारण भनेको सरकारको अस्थिरता होइन । ९ महिना हामी सरकारमा हुँदाखेरी (नौ महिना) उदाहरण पेश गरेका छौँ । गफ होइन, काम गरेर देखाएका छौँ, नौ महिनाभित्र सारा देशमा तरंग पैदा गरिदियौँ ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here