काठमाडौं– राष्ट्रिय भूमि आयोग र हरिवन नगरपालिका सर्लाहिबीच भूमिहीन दलित तथा भूमिहीन सुकुम्बासीलाई जग्गा उपलब्ध गराउन र अव्यवस्थित बसोबासीको उचित व्यवस्थापन गर्नका लागि आज कार्य सहमति पत्रमा हस्ताक्षर भएको छ । भूमि सम्बन्धी ऐन, २०२१ भूमि सम्बन्धी नियमहरू, २०२१ राष्ट्रिय भूमि आयोग गठन आदेश, २०७८ र अन्य प्रचलित कानूनमा भएका व्यवस्था बमोजिम कार्यसम्पादन गर्न आयोग र स्थानीय तह दुवै पक्षले एक आपसमा मन्जुर भई सो हस्ताक्षर गरेका हुन् ।

कार्यक्रममा हरिवन नगरपालिका सर्लाहीका तर्फबाट नगर प्रमुख गणेश प्रसाद प्रसाई, प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्र प्रधान र राष्ट्रिय भूमि आयोगको तर्फबाट आयोग सदस्य टेक बाहादुर शाह, आयोग सदस्य सचिव अमिर प्रसाद न्यौपानेले सो सहमति पत्रमा हस्ताक्षर गर्नुभएको हो । हरिवन नगरपालिका र आयोगसँगको समन्वयमा भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीले बसोबास या आवाद कमोत गरेका बस्तीहरुको विवरण, लगत संकलन कार्यका लागि सेवा केन्द्र प्रमुख तथा तथ्याङ्क संकलक, तथ्याङ्क प्रविष्टिकर्ता, नापी कामदार फिल्ड सहयोगी तथा आवश्यक अन्य जनशक्ति व्यवस्थापन गर्ने र नापी कार्यालयबाट खटिएका नापी टोलीको कार्यकक्ष व्यवस्थापन गरी आवश्यक पूर्वाधारहरु (कम्प्युटर, प्रिन्टर, स्क्यानर आदि) सहितको भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासी सेवा केन्द्र गठन गर्नुपर्ने सो सेवा केन्द्रको संलग्न ढाँचा बमोजिमको साइनबोर्ड समेत रहने छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here