सर्लाही,१० चैत्र । सर्लाहीमा पनि बिश्व क्षयरोग दिवस मनाइएको छ । सर्लाहीको हरिपुर नगरपालिका र हरिवन नगरपालिकामा विभिन्न कार्यक्रम गरी बिश्व क्षयरोग दिवस मनाइएको छ । बिहिवार क्षयरोग अन्त्यका लागी लगानी बढाऔँ, जीवन बचाऔँ मुल नाराका साथ दिवस मनाएएको सम्बन्धित पालिकाहरुले जनाएको छ । हपिुरमा हरिपुर नगरपालिका स्वास्थ्य शाखा र हरिवन नगरपालिकामा हरिवन नगरपालिका स्वास्थ्य शाखको आयोजनामा १४० औं बिश्व क्षयरोग दिवस मनाइएको हो ।
स्वास्थ्य निर्देशनालय मधेश प्रदेशका प्रमुख बिजय झाले क्षयरोग हुने मुख्य कारण खानपिन सरसफाइको कमिले हुने गरेको बताउनुभयो ।सरसफाई तथा नियमित खानपिन राम्रो भएपछि क्षयरोग नलाग्ने भएकोले उहाले खानपियन तथा सरसफाइमा ध्यान पुरयाउन अपिल गर्नुभयो ।
कार्यक्रममा स्वास्थ्य निर्देशनालय मधेश प्रदेशकाका प्रमुख बिजय झा, स्वास्थ्य कार्यालय सर्लाहीका प्रमुख डा।नवल किशोर झा, हरिपुर नगरपालिकाका नगर प्रमुख जमेरुदिन मंसुर, प्रमुख प्रशासकीय अधिकृत राजकुमार दास, संचारकर्मीहरु, हरिपुर नगरपालिकाका स्वास्थ्यकर्मीहरुको उपस्थिति रहेको स्वास्थ्य शाखाका संह संयोजक नरेश ठाकुरले जानकारी दिनुभयो ।








