रौतहट, ३० फागुन ।
रौतहट जिल्लाको ऐतिहासिक स्थल समुनपुरमा सोमबारबाट ऐतिहासिक समनपुर फागु बैरिया मेला महोत्सव सुरु भएको छ ।
प्रत्येक वर्ष फागुन पुर्णिमालाई लक्षित गरि आयोजना गरिने ऐतिहासिक समनपुर फागु मेला महोत्सब सोमबार सुरु भएको हो । सोमबारबाट सुरु भएको महोत्सवको उदघाटन गढीमाई नगरपालिका मेयर श्याम प्रसाद यादवले गर्नु भएको हो । मेयर यादवले आफुहरु नेपालमा मात्र नभई विश्व सामु नै समनपुरको पहिचान कायम गराउन प्रत्येक वर्ष सदियौ देखि लाग्दै आएको मेला महोत्सवको निरन्तरता मात्रै दिएको र आउदा दिनहरुमा पनि दिने प्रतिबदता समेत व्यक्त गर्नु भयो । सोमबारबाट आयोजना भएको उक्त मेला महोत्सव उदघाटन कार्यक्रममा नेपाली सेन तथा विभिन् सांस्कृतिक समुहले आफना कला प्रस्तुत गरेका छन् । नेपालमा प्रत्येक वर्षकै झै यस वर्षमा पनि व्यापारिक मेलामा विभिन्न व्यापारिक स्टल, मनोरञ्जनात्मक खेल सामग्री, प्रख्यात टिक टक सुपर स्टार चचित कलाकार तथा नाच पार्टीको बेजोड प्रस्तुति आज देखि सुरूवत भएको छ।







