बारा,३० फाल्गुन ।
जनमत पार्टी थालनी गरेको जनमत माटो यात्रा सोमबार बारा जिल्लाको स्वर्ण गाउँपालिकामा पुगेको छ । जनमत पार्टीका केन्द्रिय अध्यक्ष डाक्टर सीके राउत सहित जनमत पार्टीको जनमत माटो यात्रा कार्यक्रम बारा जिल्लाको स्वर्ण गाउँपालिकामा सम्पन्न भएको हो । विगत ३ दिन देखि बारा जिल्लाको विभिन्न पालिकाहरुमा कार्यक्रम सम्पन्नको क्रममा सोमबार स्वर्ण गाउपालिका पुगेको नेता ललित मलिकले जानकारी दिनु भएको हो । जनमत पार्टीका राष्ट्रिय अध्यक्ष युवा बैज्ञानिक डाक्टर सीके राउत बाट औरैयामा एउटा जनमत सभालाई पनि सम्बोधन गरिएको थियो।








