फागुन ३०, रौतहट ।
रौतहट जिल्लाको माधव नरायण नगरपालिकामा सोमबार नेकपा (एमाले) प्रथम नगर एकता अधिवेशन हर्षोल्लास पूर्वक भव्यताका साथ सु सम्पन्न भएको छ । अधिवेशन सम्पन्न पछि नेकपा एमालेका नेता प्रभु साहले माधोपुर बजारमा आयोजित ऐतिहासिक अधिवेशनबाट चयन हुने सम्पूर्ण पदाधिकारी तथा सदस्य कमरेडहरुलाई सफल कार्यकालको हार्दिक बधाईसहित शुभकामना समेत व्यक्त गरेका छन् ।
सो अवसरमा माधव नारायण नपा वडा नम्बर ३ का वडाअध्यक्ष राजकुमार यादव, रजवाडाका चर्चित नेता सिजय सिंह, यमुनामाई गापाका कांग्रेसका प्रभावशाली नेता योगेन्द्र मुखियासहित हजारौं नेता कार्यकर्ताले विभिन्न पार्टी परित्याग गरि एमालेमा प्रवेश गरेका छन् ।साथै, जिल्ला सदरमुकाम गौर नगरपालिका ६, सबगढामा वृहत् पार्टी प्रवेश कार्यक्रम भव्य उपस्तिथिका बीच सम्पन्न भएको छ । शेख मुर्तुजाको नेतृत्वमा हजारौं नेता कार्यकर्ताले एमाले रोजेका छन् । नवप्रवेशी सम्पूर्णलाई पार्टीमा हार्दिक स्वागतसहित हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दै अगामी दिनमा एमाले देशकै एक नम्बर पार्टी बन्ने नेता साहले ठोकुवा गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here