रौतहट, ३० फागुन ।
नेपाली काँग्रेस मधेश प्रदेश सभापति कृष्णा यादव सोमबारबाट पदभार ग्रहण गर्नु भएको छ । माघ महिनामा सम्पन्न भएको प्रदेश अधिवेशनबाट प्रदेश सभाका आफना निकटतम प्रतिब्दन्दी रामसरोज राय यादवलाई पराजित गर्दै सभापतिमा निर्वाचित भए पछि जिल्लाको अधिवेशनहरु सम्पनन नभएका कारण पदभार सम्भालन नसकेका यादव सोमबार प्रदेश कार्यालय जनकपुर गई पदभार ग्रहण गरेका छन् । उनका साथै उनी संगै निवार्चित भएका पदाधिकारीहरु समेतले सोमबारबाट पदभार ग्रहण गरेको उनका सहयोगी सन्तु यादवले जानकारी दिनु भएको हो । नेपाली कांग्रेस मधेश प्रदेशका सभापति कृष्ण यादवले स्वर्गिय बिपी कोइरालाको तस्बिरमा अबिर तथा माला लगाइ औपचारिक रूपमा आजबाट नेपाली कांग्रेस मधेश प्रदेश कार्यसमितिको कार्यालय जनकपुरमा पदभार ग्रहण गरेका छन् । सभापति यादव यस अघि रौतहट जिल्लाको नेपाली काँग्रेसको जिल्ला सभापतिमा २ पटक निर्वाचित भएका थिए ।








