१९ जेष्ठ बारा। बारा जिल्लामा मोटरसाइकल दुर्घटना हुदा एक जनाको मृत्यु भएको छ ।
जिल्लाको सिम्रौनगढ नगरपालिका वडा नम्बर ९ स्थित नहरमा भएको मोटरसाइकल दुर्घटनामा परी पचरौता नगरपालिका ३ निवासी २६ वर्षीय प्रदीप साह कलवारको मृत्यु भएको प्रहरीले जनाएको छ ।

भारतीय नम्बर प्लेट भएको बी आर ०५ ए एल ७०८३ र बीआर ०५ वाई ५५७८ नम्बरको मोटरसाइकल आपसमा ठोक्किँएको जिल्ला प्रहरीले कार्यालय बाराले जानकारी दिए । दुर्घटनामा गम्भीर घाइते भएका साहलाई उपचारका लागि जिल्ला अस्पताल कलैयामा ल्याएपनि उपचारकै क्रममा मृत्यु भएको बाराका प्रहरी प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक गौतम मिश्रले जनाए ।

प्रहरीका अनुसार अर्का मोटरसाइकल चालक भारत जिल्ला मोतिहारी थाना झरौखर ग्राम पन्चायत बिजवनी वडा नम्बर ९ अठमुहान का २३ वर्षीय रामपुकार महतो नुनिया घाइते भएका छन् ।घाइते नुनियाको सिम्रौनगढमा रहेको कंकाली पोलिक्लिनिक अस्पतालमा उपचार भइरहेको मिश्रले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here