१९ जेष्ठ रौतहट । अखिलेश कुमार यादव ।
रौतहटमा निषेधाज्ञा फेरि लम्ब्याईएको छ । अगामी जेठ २६ गते रातिसम्म निषेधाज्ञा कायम गरिएको हो । जिल्ला प्रशासन कार्यालय रौतहटले बुधवार एक सूचना जारी गरी अगामी जेठ २६ गते राति १२ बजेसम्मको लागि निषेधाज्ञा जारी गरेको जानकारी दिएको छ ।
रौतहटका सिडियो इन्द्रदेव यादवले जिल्लामा निषेधाज्ञाले कोरोना संक्रमितको दर घटेको देखिएकाले निषेधाज्ञालाई निरनतरता दिईएको जानकारी दिए। रौतहटमा कोरोना संक्रमितको संख्या बिस्तारै घट्दै गएकोले जिल्ला प्रशासन कार्यालय रौतहटले निषेधाज्ञालाई अलि खुकुलो बनाएको छ।
अब देखि रौतहट जिल्लामा रहेको किराना पसल हप्ताको ३ दिन आईतबार, मंगलबार,बिहिवार खुल्ने भएको छ ।
त्यसतै रौतहट जिल्लामा संचालनमा रहेको बैंक वितिय संस्थाहरु पनि हप्ताको ३ दिन आईतबार मंगलबार, बिहिवार खुल्ने प्रमुख जिल्ला अधिकारि इन्द्रदेव यादवले बताउनु भएको छ ।






