११ बैशाख एजेन्सी । दिल्लीको उच्च अदालतले शनिबार अक्सिजन आपूर्तिमा बाधा पुर्‍याउने जो कोहीलाई पनि मृत्युदण्डको सजाय दिइने चेतावनी दिएको छ।

हाल भारतमा दैनिक ३ लाखभन्दा बढीको दरले कोरोना संक्रमित थपिरहेका छन्।धेरै मानिसको स्वासप्रस्वासमा समस्या देखिएपछि भारतमै अक्सिजनको कमी भएको पाइएको हो।

अक्सिजनको अभावले मानिसले ज्यान गुमाउने अवस्था आएको अवस्थामा दिल्लीको उच्च अदालतले अक्सिजन आपूर्तिमा बाधा पुर्‍याउने सरकारी अधिकारीदेखि जो कोहीलाई झुन्ड्याएर मृत्युदण्ड दिने घोषणा गरेको हो। बीबीसीहिन्दी

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here