धनकुटा, १ ,असोज  |

धनकुटामा आजदेखि १२ दिने निःशुल्क बृहत स्वास्थ्य शिविर सुरु भएको छ । ‘पहुँच नहुनेका लागि पहुँच’ भन्ने मूल नाराका साथ सम्पन्न हुन गइरहेको सो शिविर अमेरिकाको हवाईस्थित अलोह मेडिकल मिसनको प्राविधिक सहयोगमा सुरु भएको हो ।शिविरको पूर्व उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री एवं राष्ट्रपति रामचन्द्र पौडेलका राजनीतिक सल्लाहकार सुनिलबहादुर थापा र अलोह मेडिकल मिसनका टिम प्रमुख क्लेम्प क्रिष्टोफरले संयुक्तरुपमा उद्घाटन गर्नुभयो ।शल्यक्रिया शिविर असहाय र निम्न वर्गका सेवाग्राहीलाई सेवा पु¥याउने उद्देश्यले आयोजना गरिएको शिविर आयोजक समितिका संयोजक रोशेष श्रेष्ठले जानकारी दिनुभयो । शिविरका लागि मिसनका ४१ चिकित्सकको स्वास्थ्यकर्मीहरूको सहभागिता रहेको शिविर प्रचारप्रसार संयोजक तथा नेपाल पत्रकार महासङ्घ धनकुटाका अध्यक्ष नगेन्द्र राईले जानकारी दिनुभयो ।छैटौँ पटक सञ्चालन गरिएको स्वास्थ्य शिविरमा पायल्स, हर्निया, पित्तथैलीमा भएको पत्थरी, मुत्रनलीमा भएको पत्थरी, दन्त सेवा, आङ्ग खसेका महिलाको उपचार, शरीरका विभिन्न स्थानमा आएका गाठागुठीहरुको उपचार, टन्सिल, थाइराइडलगायत उपचार गरिने आयोजकले जानकारी दिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here