राजविराज,१ असाेज । विमा वापतकाे रकम पाए पछि विमित परिवार खुशी भएका छन् । दुई वर्ष अगाडि आफ्नो जिउज्यानकाे सुरक्षालाई साेच्दै ज्याेति लाईफ ईन्सुरेन्समा राजविराज शाखामा आफ्नो जिवन विमा गरेका लाल बहादुर साहका परिवारजनले विमा बापतकाे रकम पाएका छन ।

विमाक शाहले ज्याेति सुरक्षित बचत जीवन विमा याेजना अन्तरगत आफ्नाे विमा खाेलि जम्मा दुई किस्ताकाे रकम जम्मा गरेकै उनकाे अकालमा मृत्यु हुन गएकाे थियोे । मृत्यु पश्चात् मृत्यु दावी गरेका उनले ईच्छाएका सुश्री तारा कुमारी साहलाई राजविराज शाखाका प्रमुख जुहि कुमारी ठाकुरले शुक्रबार विमा बापतकाे रकम रु.५,४३,७५०/- एन आई सी एसिया बैंककाे चेक दिदै हस्तान्तरण गरेका छन ।

विमाकाे रकम पाए पछि आर्थिक अवस्था गम्भीर रहेकाे साह परिवारले खुशी हुँदै यश पैसाले छाेरीकाे विवाह लगायतका अन्य समस्याहरु सजिल्लै संग टल्न सक्ने बताईन । उनलेे परिवारकाे अन्य सहारा नभए पनि जीवन विमा गर्नाले ठुलो राहत पुगेकाेले सबैलाई ससाना बचत गरेर भए पनि जीवन विमा गर्न सल्लाह दिदै खुशी व्यक्त गरेकिछिन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here