रौतहट १४ फागुण ।
रौतहटको गरुडा नगरपालिकाको एक वडामा न्यानो कपडा वितरण गरिएको छ । ग्रामीण विकास केन्द्र नेपालको आयोजना , गरुडा नगरपालिकाको समन्वय तथा वर्लड भिजन नेपालको सहयोगमा न्यानो राहत दिइएको हो । सो नगरपालिको वडा नम्बर ६ पोठियाहीमा वितरण गरिएको थियो । सो वडा स्थित रहेको श्री अमरपट्टी प्राथमिक विधालय पोठियाहीको प्रांगनमा वितरण गरिएको जानकारी गराइएको छ । वडा नम्बर ६ का वडाध्यक्ष अशोक प्रसाद यादवको अध्यक्षतामा वितरण कार्यक्रम गरिएको थियो । वडाभरिको करिब १ सय गरिब , दलित र विपन्न परिवारलाइ वितरण गरिएको वडाध्यक्ष यादवले बताए । यस अवसरमा आरडिसिका रामप्रवेश बैठा ,प्रधानाध्यापक किसुन दयाल यादव , शहरी स्वास्थ्य केन्द्र पोठियाहीका रामजन्म यादव सहित स्थानिय भद्रभलादमी बुद्धिजिवीहरुको उपस्थिती रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here