रौतहट १३ फागुण ।
रौतहट जिल्लाको गुजरा नगरपालिकाका सबै वडा अध्यक्षहरुले सुबिधा वापत पाएका मोटरसाइकल फिर्ता गरेक छन् ।
गुजरा नगरपालिकाका १ देखि ९ वडाका अध्यक्षहरु सामुहिक रुपमै मोटरसाइकल नगरपालिकालाई फिर्ता गरेका हुन् ।
सरकारले दिने सेवा सुबिधामा कटौती गरेको भन्दै वडा अध्यक्षहरुले मोटरसाईकल फिर्ता गरेको वडा न न ७ का अध्यक्ष सकिल मिया मन्सुरीले बताए ।
नगरपालिकाले वडा अध्यक्षहरुलाई सेवा सुबिधा बापत मासिक झन्डै २४ हजार दिनुपर्ने हुन्छ तर नगरपालिकाले १३ हजार ८०० दिदै आएको गुजरा ३ का वडा अध्यक्ष गजेन्द्र चौधरीले बताएका छन । नगरपालिकाले बेवास्ता गरेकै कारण बाध्य भएर मोटरसाइकल फिर्ता गरेको गुजरा नगरपालिकाका वडा ५ का अध्यक्ष आरिफ मियां दर्जिले बताएका छन ।








