काठमाडौं ५ माघ ।
भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयले हालसम्म कोरोना विरुद्धका खोप लगाएकामध्ये ४ सय ४७ जनामा खोपको साइड इफेक्ट देखिएको पुष्टि गरेको छ ।

मन्त्रालयले हिजो पत्रकार सम्मेलन गरि १६ जनवरीका दिन खोप लगाएकामध्ये ४ सय ४७ जनामा खोपको साइड इफेक्ट देखिएको र ३ जना अस्पताल भर्ना भएको जानकारी दिएको हो । खोप लगाएपछि निगरानीमा रहेकाहरुमध्ये ४ सय ४७ जनामा खोपको साइड इफेक्ट देखिएको मन्त्रालयले जनाएको छ ।

वहाँले खोप लगाएकाहरुमा ज्वरो आउने, टाउको दुख्ने र मन आत्तिने जस्ता समस्या देखिएको पनि बताउनुभयो । स्वास्थ्य सचिव अगनानीका अनुसार पहिलो दिन २ लाख ७ हजार २ सय २९ जनालाई खोप लगाइसकिएको छ । भारत विश्वकै दोस्रो कोरोना प्रभावित मुलुक हो । जहाँ हालसम्म १ करोड ५७ लाखभन्दा बढी सङ्क्रमित भइसकेका छन् एक लाख ५२ हजारभन्दा बढीको मृत्यु भइसकेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here