बारा ७ चैत ।
बारामा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । जिल्लाको जितपुर सिमरा उपमहानगरपालिका वडा न. ५ बकुलिया टोल बस्ने ३० वर्षीया उपदेश चौधरीको मकै खेतमा करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएको छ । बिहान घरबाट मकै खेतमा शौच गर्न गएका चौधरीलाई कारेन्ट लागेर घटनास्थलमै मृत्यु भएको बाराका प्रहरी प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक गौतम मिश्रले जनाएका हुन् ।
लापरबाही तरिकाले खेतमा करेन्ट प्रवाह गर्ने सोही स्थानका खेत धनी दिप नारायण चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार खेतमा करेन्ट प्रवाह गर्ने नारायण चौधरीमाथि कानुन कारवाही गरिने छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here