सप्तरी ५ माघ ।
सप्तरीको राजविराज नगरपालिका–१ चनौरामा एचआइभी एड्सबाट एक किशोरीको मृत्यु भएको छ । १६ वर्षीया अमैया धामीको स्थानीय गजेन्द्र नारायण सिंह अस्पतालमा उपचारका क्रममा आइतबार साँझ वहाको मृत्यु भएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. रञ्जित झाले जानकारी दिनुभयो । एचआइभी एड्सको लक्षण देखिएका किशोरीलाई स्वास्थ्य अवस्था गम्भीर बन्दै गएपछि दुई साताअघि गजेन्द्र नारायण सिंह अस्पतालमा भर्ना गरिएको थियो । बाबुआमा पनि एचआइभी एड्सबाट ज्याल गुमाएकी छोरीको समेत सोही कारणले मृत्यु भएको मेडिकल सुपरिटेन्डेन्ट डा. झाले बताए ।एचआइभी एड्सबाट आमाको मृत्यु भएको तीन दिनपछि बुबाको समेत सोही कारणले मृत्यु भएको थियो । मृतक अमैयाका १२ वर्षीय भाइसमेत एचआइभी एड्सबाट पीडित भएको र नियमित औषधि खाने गरेको पारिवारिक स्रोतले जनकारी दिएको छ ।








